स्पर्स लघुवित्तले २ करोड ४० लाखको अईपिओ निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 23, 2018 | 04:35:54 PM मा प्रकाशित

laxmi  sunrise bank

स्पर्स लघुवित्त वित्तिय संस्था लिमिटेडले साधारण शेयर आईपियो निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ  ।  कम्पनीले २ करोड ४० लाख रुपैंया वरावरको २ लाख ४० हजार कित्ता साधारण शेयर निश्क्षण गर्न लागेको हो । शेयर निष्काशन गर्नको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  

  हाल वित्तिय संस्थाको चुक्ता पूँजी रु. ५ करोड ६० लाख रहेको छ भने यस सार्वजनिक निष्काशन पश्चात वित्तिय संस्थाको चुक्ता पूँजी रु. ८ करोड हुनेछ । हाल वित्तिय संस्थाले १० वटा जिल्लामा १५ वटा शाखा मार्फत करिब ६५०० सदस्यलाई वित्तिय सेवा प्रदान गर्दै आएको छ ।

स्पर्सको संस्थापकहरुमा  जनता बैंक , टुरिजम डेभलपमेन्ट बैंक तथा ७५ जना व्यवसायिक र प्रतिष्ठित व्यक्तित्वहरु रहेका छन्  । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved