युनियन हाइड्रोको आईपिओ बाँडफाड, ८३ प्रतिशत शेयर बिकेन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 24, 2018 | 08:36:41 AM मा प्रकाशित

laxmi  sunrise bank

युनियन हाइड्रोपावर लिमिटेडले स्थानीयको लागि निष्काशन गरेको आईपिओ बाडफाड गरेको छ । कम्पनीले साउन १४ गतेदेखि आयोजना प्रभावीत लमजुङको फिदिम खोलावासीका लागि ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आइपीओ निष्काशन गरेको थियो । जस मध्ये रित पुर्वक आवेदन दिनेहरुलाई १ लाख २८ हजार २ सय १० कित्ता आईपिओ बाँडफाड गरिएको बिक्रि प्रबन्धक लक्क्ष्मि क्यापिटलले जनाएको छ ।  

अब कम्पनीले सर्बसाधारणलाई शेअर निष्काशन गर्दा अहिले बिक्रि नभएका बाँकि ८३ प्रतिशत शेयर थपेर निष्काशन गर्ने छ । 

कम्पनीले लमजुङको फिदिम खोलामा ३ दशमलव ३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ भने २० मेगावाट क्षमताको मेवा आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र पाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved