मेरो माइक्रोफाइनान्सले बोनस वितरणपछि हकप्रद निष्काशन गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 10:55:28 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले शत प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव गरेको छ ।   कम्पनीको  असोज ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको प्रस्तावित बोनस वितरणपछि कायम हुन् आउने चुक्ता पुंजीको १०० प्रतिशतले हुन् आउने हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

 लघुवित्तको साउन २९ मा बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ११.३२ प्रतिशत नगद लाभांश गरि २६.३२ प्रतिशत लाभांश प्रस्ताब गरेको थियो ।  १५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ३२ करोड ८९ लाख पुग्नेछ।   त्यसपछि शतप्रतिशत हकप्रद वितरण गर्दा कम्पनीको चुक्ता पुंजी ६५ करोड ७८ लाख पुग्ने छ । 

हकप्रद प्रस्ताव भने आगामी साधारणसभाले पारित गरेपछि र धितोपत्र बोर्डले अनुमति दिएपछि निष्काशन हुने छ ।

 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved