ओरियन्टल होटेल्सले २६ प्रतिशत लाभांश दिने, १४ करोडको बोनस

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 11:12:40 AM मा प्रकाशित

laxmi  sunrise bank

ओरियन्टल होटेल्सले लाभांश घोषणा गरेको छ  । कम्पनीको असोज ८ गते बसेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट १५ प्रतिशत बोनस र ११.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । 

कम्पनीले १५ प्रतिशतके हुन् आउने १४ करोड १ लाख ३५ हजार ४ सय ५८ रुपैयाँ बराबरको बोनस शेयर र ११.३२ प्रतिशतले हुन् आउने १० करोड ५७ लाख १६ हजार २ सय २३ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो  । 

कम्पनीको कार्तिक १२ गते हुने साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन्  । साधारणसभा प्रयोजनको लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले असोज १८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्  । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved