ब्रोकरले 'अल्छी' गर्दा लगानीकर्ताले मक ट्रेडिङ गर्न पाएनन, नेप्सेले गर्यो यस्तो आग्रह

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 05:30:38 PM मा प्रकाशित

laxmi  sunrise bank

नेप्सेले मक ट्रेडिङ सुरु गरेको एक साताभन्दा बढी समय बिती सकेपछि लगानीकर्ताले सहज रुपमा मक ट्रेडिङ गर्न पाएका छैनन् मक ट्रेडिङको लागे हरेक लगानीकर्ताले आफुले कारोबार गर्न ब्रोकरमा गएर आफ्नो केवाईसी अपडेट गराई युजर र पासवर्डको लागि एउटा फर्म भर्नु पर्छ । त्यसपछि ब्रोकरले आईडी र पासवर्ड दिने गरेको छ ।  तर बेला बेलामा मक ट्रेडिङको सिस्टममा समस्या आएर लगानीकर्ताले आईडी पासवर्ड नै पाउन सकेका छैनन् ।  

आईडी र पासवर्ड लिएकाहरुले पनि ब्रोकरको कारणले गर्दा अर्डर गर्न सकिरहेका छैनन् ।  ब्रोकरहरुले एउटा सामान्य काम नगरिदिंदा लगानीकर्ताहरुले मक ट्रेडिङमा आफ्नो अर्डर राख्न नपाएका हुन् । मक ट्रेडिङमा अर्डर राख्नको लागि हरेक ब्रोकरले अनिवार्य रुपमा डिएनए लगईन गरी नेप्सेको म्यचिंग इन्जिनसंग कनेक्ट गराउनू पर्छ । यो नभई सिस्टममा अर्डर राख्न मिल्दैन । यस बारे नेप्सेले ब्रोकरलाई मक ट्रेडिङको अन्तरक्रियाको दौरान पनि पटक पटक जानकारी गराएको थियो । साथै मक ट्रेडिङको म्यानुअलको सुरु मै पनि नेप्सेले यस बारे जानकारी गराएको छ ।

तर ब्रोकरहरुले यो एउटा सामान्य काम गर्न अल्छी गर्दा लगानीकर्ताहरुले अर्डर राख्न नपाएका हुन् । ब्रोकरले सिस्टम कनेक्ट नगरेको भए अर्डर राख्दा “ME_NOT_LOGGED_IN” समस्या देखिने बताएको छ  ।  यस्तो देखिएमा ब्रोकरलाई डिएनए लग ईन गर्नको लागि अनुरोध गर्न नेप्सेले सबै लगानीकर्तालाई आग्रह गरेको छ । र आफैले पनि हरेक दिन डिएनए लग ईन गर्न नेप्सेले आग्रह गरेको छ ।

नेप्सेले मक ट्रेडिङको समयमा अन्य कुनै समस्या आएमामा आफ्नो ब्रोकरले प्रदान गरेको यूआरएल, ब्रोकर नम्बर, लगानीकर्ताको आफ्नो कोड, इमेल ठेगाना र समस्याको स्क्रिन शट राखेर [email protected] इमेल गर्न आग्रह गरेको छ । 

यो पनि : 

सहजपुर्वक भएन मक ट्रेडिङ, पूर्ण सिस्टम आउनै अझै एक साता लाग्ने

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved