कालिका पावरको आईपिओ बुधबार बाँडफांड हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 25, 2018 | 06:15:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिका पावर कम्पनी लिमिटेडले  निष्काशन गरेको आईपिओ बुधबार बाँडफांड हुने भएको छ ।  बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बिहान ८ बजे आफ्नै कार्यालयमा आईपिओ बाँडफांड गर्न लागेको हो । 

कम्पनीले भदौ २८ गतेदेखि असोज १ गतेसम्म आईपिओ निष्काशन गरेको थियो । कम्पनीले सर्बसाधारणलाई १२ लाख कित्ता आईपिओ निष्काशन खुला गरेको थियो   ।  १२ लाख कित्ता मध्ये २४ हजार कित्ता कर्मचारीको लागि र ६० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको थियो। 

आईपिओमा १ लाख २२ हजार आवेदकबाट ८३ लाख ९३ हजारको आवेदन परेको छ । 

  अईपिओ बाँडफांडपछि कम्पनीको चुक्ता पुंजी ६० करोड पुग्ने छ  । कम्पनीले आफ्नो विवरण पत्रमा आर्थिक बर्ष ७५/७६ देखि नै शेयर लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले यस बर्ष ३ करोड बराबरको बोनस शेयर दिने प्रक्षेपण आफ्नो विवरण पत्रमा गरेको छ, जुन ५ प्रतिशत हो ।  


यस अघि कम्पनीले आयोजना प्रभावित गोरखाका स्थानीय बासिन्दालाई जारि पुंजीको १० प्रतिशत अर्थात ६ लाख कित्ता शेयर निष्काशन गरी सकेको छ ।  कम्पनीले गोरखामा ६ मेगावाटको दरौंदी 'ए' परियोजना संचालन गरिरहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved