नेप्सेमा करेक्सन: कमाउनेमा समता माइक्रोफाइनान्सका लगानीकर्ता अगाडी, ९१ करोडको कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 26, 2018 | 03:43:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार नेप्सेमा करेक्सन आएको छ।  नेप्से सूचक आज २,३१ अंकले करेक्सन भई १२७७.७४ को बिन्दुमा पुगेर रोकिएको छ। आज कारोबारमा आएका १ सय ७१ कम्पनीका ४५ लाख ९१ हजार ४८ कित्ता शेयर खरिद बिक्रिबाट ९१ करोड ४६ लाख ५६ हजार ८ सय ८४ रुपैयाँको कारोबार भएको छ। 

आज कुमारी बैंकको सर्बाधिक ६ करोड २७ लाख बराबरको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा एनएमबि बैंक, नेपाल बैंक, सिभिल बैंक, प्रभु बैंक, मेगा बैंक लगायत रहेका छन्। आज समता माइक्रोफाइनान्सका लगानीकर्ताले सर्बाधिक ९.९३ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा ग्रिन डेभलपमेन्ट बैंक, भार्गव विकास बैंक, गुर्खाज फाइनान्स, शांग्रिला डेभलपमेन्ट बैंक लगायत रहेका छन् ।

आज नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका लगानीकर्ताले सर्बाधिक ५.७९ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा ङादी हाइड्रो पावर, बोटलर्स नेपाल, रिडी हाइड्रोपावर, कैलाश विकास बैंक लगायत रहेका छन् ।

आज जीवन बिमा र अन्य समुह बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved