सेयर ब्रोकर संघमा अध्यक्ष बाहेक सबै पद सर्वसम्मत, अध्यक्षमा तिमिल्सिना र रानाभाटको प्रतिस्पर्धा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 09:49:45 AM मा प्रकाशित

laxmi  sunrise bank

सेयर ब्रोकरहरुको छाता सङ्गठन 'स्टक ब्रोकर एसोसिएसन अफ नेपाल' को नयाँ कार्यसमितिका लागि अध्यक्ष बाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएका छन। 

अध्यक्षमा कोहिनूर इन्भेष्टमेन्ट एन्ड सेक्युरिटिजका भरत रानाभाट र भिजन सेक्युरिटिजका राजकुमार तिमल्सिनाको उम्मेदवारी परेको छ। आज हुने बार्षिक साधारणसभाबाट अध्यक्षको चयन हुनेछ। सर्वसम्मतिबाटै अध्यक्ष चयन गर्ने प्रयास जारि रहेको संघका एक सदस्यले बताए। 

 एसोसियसनको उपाध्यक्षमा त्रिशत्ति सेक्युरिटिजका टंकप्रसाद गौतम, महासचिवमा स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा, सचिवमा सनि सेक्युरिटजका सन्तोष पौडेल र कोषाध्यक्षमा आर्यतार इन्भेष्टमेन्टका गुणनिधि भुसाल निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा निभ सेक्युरिटिजकी सजिला अर्याल, सुनधारा सेक्युरिटजका फडिन्द्र ढकाल,भृकुटी स्टकका सन्दीप चाचन र ओपल सेक्युरिटजका सुमन गौतम निर्विरोध चयन भएका छन। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved