निर्धन उत्थान लघुवित्तले ४२ प्रतिशत लाभांश दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 11:30:42 AM मा प्रकाशित

laxmi  sunrise bank

निर्धन उत्थान लघुवित्तले लाभांश घोषणा गरेको छ ।  कम्पनीको बिहिबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस शेयर र २२.११ प्रतिशत नगद लाभांश गरि कुल ४२.११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

कम्पनीले २० प्रतिशतले हुन् आउने २० लाख बराबरको बोनस शेयर र २२.११ प्रतिशतले हुन् आउने २२ करोड १० लाख नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानिकर्तामा वितरण हुनेछ । 

हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब रहेकोमा प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी १ अर्ब २० लाख पुग्ने छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved