सिद्धार्थ इन्स्योरेन्सले ३७ हजार २१६ कित्ता शेयर लिलाम गर्ने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 01:21:28 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ इन्स्योरेन्सले ३७ हजार २१६ कित्ता शेयर लिलाम गर्ने भएको छ । कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएका यी शेयर लिलाम बढाबढ मार्फत बिक्रि गर्न लागेको हो । कम्पनीले गत असार १७ देखि साउन २० गतेसम्म  ३५ प्रतिशतको दरले २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद शेयर निष्काशन गर्दा  यी शेयर बिक्रि हुन् सकेको थिएन ।

लिलाम गरिने शेयर मध्ये ७९९ कित्ता संस्थापक शेयर र बाँकि ३६ हजार ४१६ कित्ता सर्वसाधारण तर्फको रहेको छन। शेयर लिलामको लागि एनएमबि क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामको शेयरमा असोज १९ गतेदेखि २६ गतेसम्म आवेदन दिन सकिने छ।

आवेदन दिंदा प्रति कित्ता न्युनतम ०० रुपैयाँ र  न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ ।लिलामीको हकप्रद समेत बाँडफांडपछि कम्पनीको चुक्ता पूँजी ८६ करोड ५९ लाख १८ हजार रुपैयाँ पुग्नेछ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved