भरत रानाभाट सेयर ब्रोकर संघ अध्यक्षमा निर्वाचित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 28, 2018 | 10:33:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सेयर ब्रोकरहरुको छाता सङ्गठन 'स्टक ब्रोकर एसोसिएसन अफ नेपाल' को अध्यक्षमा भरत रानाभाट निर्वाचित भएका छन। सहमतिको प्रयास असफल भएपछि मतदानबाटै भएको निर्वाचनमा रानाभाटले २९ मत ल्याई अध्यक्षमा निर्वाचित भएका हुन। 

रानाभाटले अध्यक्षका प्रत्यासी राजकुमार तिमिल्सेनालाई पराजित गरेका हुन। कुल मत मध्ये रानाभाटले २९ ल्याउँदा प्रतिस्पर्धी तिमिल्सेनाले १८ मत ल्याएका छन। 

ब्रोकर नम्बर ३५ को कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रालिका प्रबन्ध निर्देशक समेत रहेका रानाभाटले २ वर्षे कार्यकालका लागि संघको अध्यक्षको जिम्मेवारी सम्हाल्नेछन। 

अध्यक्ष बाहेक अन्य पदमा निर्विरोध निर्वाचित भएका छन। एसोसियसनको उपाध्यक्षमा त्रिशत्ति सेक्युरिटिजका टंकप्रसाद गौतम, महासचिवमा स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा, सचिवमा सनि सेक्युरिटजका सन्तोष पौडेल र कोषाध्यक्षमा आर्यतार इन्भेष्टमेन्टका गुणनिधि भुसाल निर्विरोध निर्वाचित भएका छन् ।

सदस्यहरुमा निभ सेक्युरिटिजकी सजिला अर्याल, सुनधारा सेक्युरिटजका फडिन्द्र ढकाल,भृकुटी स्टकका सन्दीप चाचन र ओपल सेक्युरिटजका सुमन गौतम निर्विरोध चयन भएका छन। 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved