आरएसडीसी लघुवित्तले नगद लाभांश बराबर कै बोनस दिने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Sep 30, 2018 | 12:03:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडीसी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज १३ गतेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट  ५ प्रतिशत बोनस तथा ५ प्रतिशत नगद गरी कूल दश प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ५ प्रतिशतले हुन् आउने २ करोड ८७ लाख ९६ हजार बराबरको बोनस र ५  प्रतिशतले नै हुन् आउने  २ करोड ८७ लाख ९६ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी  ५७ करोड ५९ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ६० करोड ४७ लाख पुग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved