दोहोरो अंकले घटेको बजारमा नेपाल बैंकको कारोबार उच्च, कमाउनेमा नाडेप लघुवित्त अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 01, 2018 | 05:02:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 सोमबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १८.०४ अंकले घटेर १२३८.६७ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६५ कम्पनीका १७ लाख ६१ हजार ८ सय १७ कित्ता शेयर खरिद बिक्रिबाट ५३ करोड ९६ लाख ३ हजार ९ सय ३५ रुपैयाँको कारोबार भएको छ ।

आज नेपाल बैंकको सबै भन्दा धेरै ७ करोड ८८ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा एनएमबि बैंक, एनआईसी एसिया बैंक, कुमारी बैंक , सानिमा माई हाइड्रो लगायत रहेका छन् ।

आज कारोबारमा आएका उत्पादन बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

यस क्रममा नाडेप लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९.९६ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा हिमालयन डिस्टिलरी, सिनर्जी पावर डेभलपमेन्ट, वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, बोटलर्स नेपाल तराइ लगायतका रहेका छन् ।

आज भार्गव विकास बैंकका लगानीकर्ताले सर्बाधिक ९.०४ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा शांग्रिला डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, पुर्णिमा विकास बैंक, कन्काई विकास बैंक लगायत रहेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved