सानिमा माई हाइड्रोद्वारा लाभांश घोषणा, साधारणसभा आह्वान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 10:55:08 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा माई हाइड्रोपावर कम्पनीले लाभांश प्रस्ताव गरेको छ  । कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैंठकले लगानीकर्तालाई १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेकाे हाे । 

कम्पानीले १० करोड ५५ लाखको नगद लाभांश र २१ करोड १० लाखको बोनस शेयर प्रस्ताव गरेको हो। 

कम्पनीले उक्त लाभांश प्रस्ताव गर्न कात्तिक ८ गते  साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २५ गते बिहिबारदेखि बुक क्लोज गर्ने भएको छ।  असोज २४ गते बुधबारसम्म कायम रहने शेयरधनीहरु मात्र बोनस प्राप्त गर्न र सभामा सहभागिता हुन पाउनेछन् ।

साधारणसभाले संचालक समितिलाई सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडलाई गाभ्न आवश्यक कार्य गर्न अख्तियारी समेत दिने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved