तिहार लगत्तै अनलाइन ट्रेडिङ, डाटा सेन्टर नेप्सेमै

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 02, 2018 | 05:24:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले कार्तिक अन्तिम साता पूर्ण स्वचालित अनलाइन प्रणाली लागु गर्ने गरी काम तिब्र रुपमा गरिरहेको जनाएको छ । हाल मक ट्रेडिङ गररिहेको नेप्सेले अनलाईन ट्रेडिङको काम अन्तिम चरणमा पुगेको बताएको हो 

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउदले कार्तिक अन्तिम साताबाट पूर्ण अनलाइन सुरु गर्ने गरी कार्य अगाडी बढिरहेको बताएका हुन् । साउदले मक ट्रेडिङ सुरु गर्दा नै घोषणा गरे अनुसार ६ साता मक ट्रेडिङ चल्ने र त्यस लगत्तै अनलाइन ट्रेडिङ सुरु गर्ने बताए । उनले भने 'टेक्निकल कुरो भएकोले यकिन मिति तोक्न सकिदैन तर अन्य केहि समस्या नआए कार्तिक अन्तिमसाताबाट अनलाइन ट्रेडिङ सुरु गर्ने लक्ष्य छ'। 

उनका अनुसार युएटीको रिपोर्ट आईसकेको छ । रिपोर्टलले भने अनुसारको सिस्टममा परिमार्जन गर्ने कार्य पनि भेन्डर कम्पनीले सुरु गरिसकेको उनले बताए । रिपोर्ट अनुसारको परिमार्जनपछि पुन युएटी टेस्ट हुने र त्यसपछि अनलाइन ट्रेडिङ सुरु हुनेछ । 

सीइओ साउदले नेप्से र ब्रोकरबीच हालको लागि डाटा सेन्टर नेप्सेमै राख्ने सहमति भएको पनि बताए । उनले भने 'डाटा सेन्टरको लागि नेप्सेले लोकेशन उपलब्ध गराउने भएको छ, यहि अनुसार ब्रोकरले काम गर्नु पर्नेछ'। सहमति संगै भेन्डर कम्पनी र ब्रोकर एसोसिएसन मिलेर नेप्सेकै भवनमा डाटा सेन्टर राख्ने छन् ।  

अन्तिम युएटी टेस्ट भएर धितोपत्र बोर्डले अनुमति दिएसंगै लगानीकर्ताले पूर्ण स्वचालित अनलाइन प्रणाली मार्फत कारोबार गर्न पाउने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved