रोकिएन नेप्सेको गिरावट, एनएमबि बैंकको कारोबार उच्च, कमाउनेमा नाडेप अगाडी

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 03, 2018 | 04:57:34 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। आज नेप्से सूचक १०.७६ अंकले घटेर १२३०.६० को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १६५ कम्पनीका १४ लाख ३६ हजार ५ सय १२ कित्ता शेयर खरिद बिक्रिबाट ३७ करोड ४० लाख ४९ हजार ८ सय ७५ रुपैयाँको कारोबार भएको छ । 

आज एनएमबी बैंकको सबै भन्दा धेरै २ करोड ६२ लाखको कारोबार भएको छ। अन्य बढी कारोबार हुनेमा एनआईसी एसिया बैंक, माछापुच्छ्रे बैंक, नेपाल लाइफ इन्स्योरेन्स, प्रभु बैंक, नेपाल बैंक लगायत रहेका छन् । 

आज नाडेप लघुवित्तका लगानीकर्ताले सर्बाधिक ९.९१ प्रतिशत कमाएका छन्। अन्य बढी कमाउनेमा समता माइक्रोफाइनान्स, गुर्खाज फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, बिशाल बजार कम्पनी लगायत रहेका छन् । 

आज नेपाल हाइड्रो डेभलपरका लगानीकर्ताले सर्बाधिक ५.४४ प्रतिशत गुमाएका छन्। अन्य बढी गुमाउनेमा मेरो माइक्रोफाईनान्स, सिन्धु विकास बैंक, महुली लघुवित्त, गरिमा विकास बैंक लगायत रहेका छन् । 

आज माछापुच्छ्रे बैंकको सर्बाधिक ८१ हजार ९ सय ५६ कित्ता शेयर खरिद बिक्रि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved