सेयरबजारमा ईडिआईएस संचालनको औपचारिक घोषणा, ब्रोकर धाउनुपर्ने समस्याको अन्त्य

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 01:33:45 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, सीडीएससी ले सेयर बिक्रि गर्दा बुझाउने स्लिप अनलाइनबाटै हुने सेवाको औपचारिक सुभारम्भ गरेको छ। सीडीएससीले आज एक कार्यक्रम आयोजना गरि ई -डिआईएस सेवाको औपचारिक शुभारम्भ भएको घोषणा गरेको हो। 

सिडिएसका संचालक समितिका अध्यक्ष एवम नेपाल स्टक एक्चेन्ज नेप्सेका प्रमुख कार्यकारी निर्देशक चन्द्र सिंह साउदले बिहिबार यस सेवाको उद्घाटन गरेका हुन। यो सेवा असोज २१ गतेदेखि संचालनमा आउने कार्यक्रममा जानकारी दिइएको छ। 

असोज २१ देखि ई -डिआईएस संचालनमा आएपछि सेयर लगानीकर्ताले सेयर बिक्रिपछि ब्रोकर धाउनुपर्ने समस्याबाट मुक्ति पाउनेछन। हिजोसम्म सेयर बिक्रिपछि ब्रोकर कार्यालय गएर डिआईएस स्लिप बुझाएका सेयर लगानीकर्ताले अबदेखि अनलाइनबाटै सेयर राफसाफको लागि आदेश दिन सक्ने छन।

सिडिएसले संचालक गरिरहेको मेरो शेयरमा यो सुबिधा थप गरिएको छ। लगानीकर्ताले आफूले बिक्री गरेको सेयरको सम्पूर्ण कारोबार सम्बन्धी विवरण अनलाइन बाट नै हेर्न सक्ने छन् । साथै सेयर बिक्रीपछिको दोस्रो कार्य दिन (टी प्लस २) सम्मको समय भित्र जुनसुकै बेला पनि आफ्नो खाता रहेको निक्षेप सदस्यलाई निर्देशन पुर्जी जारी गर्न सक्नेछन् । इडीआइएस सेयर बिक्रिपछि हस्तान्तरण निर्देशन पुर्जी हो। 

मेरो शेयरको होम पेजमा इलेक्ट्रोनिक डेबिट इन्सट्रक्सन स्लीप (ई-डिआइएस) सम्बन्धी अप्सन रहने छ । त्यहा क्लिक गरेर लगानीकर्ताले यो सेवा प्रयोग गर्न सक्ने छन् । 

आइतबारदेखि नै कारोबार भएका सेयरको हकमा लाग्ने हस्तान्तरण शुल्क लगानीकर्ताले आफ्ना राफसाफ सदस्यलाई बुझाउन सक्ने छन् । सो शुल्क राफसाफ सदस्य मार्फत कारोबार राफसाफ तथा फर्छ्यौट प्रणाली मार्फत नै सकलन गर्ने ब्यबस्था गरिएको छ। 

सिडिएसका प्रमुख देव प्रकाश गुप्ताले यस सुबिधाबाट निकट भबिष्य मै आउँन लागेको अनलाईन ट्रेडिङ मार्फत कारोबार थप सहज हुने बताए  । साथै कारोबार राफसाफ कै लागि लगानीकर्ताले निक्षेप सदस्यको कार्यालय धाउनु पर्ने तथा समय मै निर्देशन पुर्जी जारि हुन् नसक्दा हुने क्लोज आउट समस्यामा पनि अन्त्य हुने प्रमुख गुप्ताले बताए  । 

यसैबीच सिडिएससीले विश्व लगानीकर्ता सप्ताहको अवसरमा असोज १९ गतेदेखि कात्तिक २ गतेसम्म हितग्राही खाता खोल्दा शुल्क नलाग्ने व्यवस्था गरेको समेत जानकारी दिएको छ।   

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved