19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

अबदेखि बिक्रि गरेको भन्दा कम सेयरको लागि राफसाफ निर्देशन दिन मिल्ने

Posted on:October 04, 2018

citizen bank

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड, सीडीएससी ले सेयर बिक्रि गर्दा बुझाउने स्लिप अनलाइनबाटै हुने सेवाको औपचारिक सुभारम्भ गरेको छ। सीडीएससीले आज एक कार्यक्रम आयोजना गरि ई -डिआईएस सेवाको औपचारिक शुभारम्भ भएको घोषणा गरेको हो। 

असोज २१ देखि ई -डिआईएस संचालनमा आएपछि सेयर लगानीकर्ताले सेयर बिक्रिपछि ब्रोकर धाउनुपर्ने समस्याबाट मुक्ति पाउनेछन। हिजोसम्म सेयर बिक्रिपछि ब्रोकर कार्यालय गएर डिआईएस स्लिप बुझाएका सेयर लगानीकर्ताले अबदेखि अनलाइनबाटै सेयर राफसाफको लागि आदेश दिन सक्ने छन। इडीआइएस सेयर बिक्रिपछि हस्तान्तरण निर्देशन पुर्जी हो। 

यसरी आदेश दिदा लगानीकर्ताले आफुले बिक्रि गरेको भन्दा कम शेयरको लागि पनि निर्देशन पुर्जी जारि गर्न सक्ने छन् ।  सिडिएसले विद्युतीय निर्देशन पुर्जी प्रयोग सबन्धि कार्यविधि २०७५ जारि गर्दै यस्तो ब्यबस्था गरेको हो । कार्यविधिको बुंदा नम्बर ६ मा बिक्रि गरेको भन्दा कम संख्यामा धितोपत्र मौज्दात भएको अवस्थामा आंशिक रुपमा राफसाद गर्नको लागि निर्देशन पुर्जी जारि गर्न सकिने उल्लेख छ । 

लगानीकर्ताले खातामा थप शेयर आएपछि बाकी शेयरको लागि छुट्टै निर्देशन दिन सक्ने छन् । 

मेरो शेयरको होम पेजमा इलेक्ट्रोनिक डेबिट इन्सट्रक्सन स्लीप (ई-डिआइएस) सम्बन्धी अप्सन रहने छ । त्यहा क्लिक गरेर लगानीकर्ताले यो सेवा प्रयोग गर्न सक्ने छन् । 

आइतबारदेखि नै कारोबार भएका सेयरको हकमा लाग्ने हस्तान्तरण शुल्क लगानीकर्ताले आफ्ना राफसाफ सदस्यलाई बुझाउन सक्ने छन् । सो शुल्क राफसाफ सदस्य मार्फत कारोबार राफसाफ तथा फर्छ्यौट प्रणाली मार्फत नै सकलन गर्ने ब्यबस्था गरिएको छ। 

सिडिएसका प्रमुख देव प्रकाश गुप्ताले यस सुबिधाबाट निकट भबिष्य मै आउँन लागेको अनलाईन ट्रेडिङ मार्फत कारोबार थप सहज हुने बताए  । साथै कारोबार राफसाफ कै लागि लगानीकर्ताले निक्षेप सदस्यको कार्यालय धाउनु पर्ने तथा समय मै निर्देशन पुर्जी जारि हुन् नसक्दा हुने क्लोज आउट समस्यामा पनि अन्त्य हुने प्रमुख गुप्ताले बताए  । 

यसैबीच सिडिएससीले विश्व लगानीकर्ता सप्ताहको अवसरमा असोज १९ गतेदेखि कात्तिक २ गतेसम्म हितग्राही खाता खोल्दा शुल्क नलाग्ने व्यवस्था गरेको समेत जानकारी दिएको छ। 

Share your thoughts!

Loading...

Trending