रोकिएन नेप्सेले झुक्याउने क्रम, हुदै नभएको गिरावटले लगानीकर्ता हैरान

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 04, 2018 | 05:13:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जको लगानीकर्ता झुक्याउने क्रम अझै रोकिएको छैन । बिहिबार नेप्से कै चरम लापर्बाहीका कारण लगानीकर्ताहरु अलमलमा परेका छन् । बिहिबार बजार बन्द हुँदा सुरुमा नेप्सेको साइटमा सूचक १३,९९ अंकले घटेको थियो । तर त्यसको केहि समयपछि नेप्से सूचक दोहोरो अंकले घटेको नभई ३.२३ अंकले मात्र घटेको देखायो 

यसरी नेप्सेले लगानीकर्ता झुक्याएको हो। घटेको अंक फरक देखिएको भए पनि नेप्से सूचक भने एकै देखाएको थियो । यसरी नेप्सेले बजार बन्द भएपछि फरक अंक देखाउदा लगानीकर्ता मात्र नभई संचार मिडिया पनि झुक्किएका छन् । 

नेप्सेमा यस्तो समस्या आएको यो पहिलो पटक भने होइन। यस अघि पनि पटक पटक नेप्सेमा समस्या आउने गरेका छन् । कहिले नेप्सेको साइट नै नचल्ने, कहिले एकदम ढिलो चल्ने त कहिले सूचक गलत देखाउने समस्या लगानीकर्ताले भोग्दै आएका छन् । नेप्सेमा चन्द्र सिंह साउदको आगमन संगै यो क्रम झन् बढेको छ ।

यस क्रममा साउदसंग बुझ्दा उनले आज आफु दिनभर बाहिर रहेको र अहिले शुक्रबार हुन् लागेको प्रादेशिक पुंजीबजार प्रदर्शनीको लागि बिराटनगर जानको लागि विमानस्थलमा रहेकोले यस बारे केहि भन्न नसक्ने तथा केहि जानकारी नभएको बताए ।

उता नेप्सेमा आईटी प्रमुख निरंजन नायकले भने कारोबार सकिएपछि 'end of process' हुने भएको र यसक्रममा डाटा अपडेट हुने भएकोले त्यसबेला केहि तल माथि हुन् सक्ने बताए । यो प्रोसेस ३ बजेर १० मिनेटदेखि कहिँ समयको लागि मात्र चल्ने भएकोले त्यस समय केहि तल माथि भएको हुन् सक्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved