राष्ट्रिय बिमा कम्पनीको साधारणसभामा भाडभैलो, कुटिनबाट बालबाल बचे संचालक (फोटो सहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 05, 2018 | 07:34:45 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनीको वार्षिक साधारणसभामा भांडभैलो मच्चिएको छ। कम्पनीले ५ आर्थिक बर्षको लागि एकै पटक डाकेको साधारणसभामा असन्तुष्ट सेयरधनीहरुले संचालकहरुले बदमासी गरेको भन्दै आक्रोस पोखे। 

संचालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले तीसौं वार्षिक साधारणसभाको प्रतिवेदन शान्त भएर सुनेका सहभागीहरुले सेयरधनीका तर्फबाट बोल्ने दोस्रो वक्ताको भाषण सुरु भएलगत्तै सभा हलमा नाराबाजी गरे। 

संचालक अध्यक्ष, संचालक सदस्य, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायतका कम्पनीका अधिकारिहरुले सेयरधनीहरुको कुरा सुनेर जवाफ दिने बताएपछि लगानीकर्ताहरु झनै आक्रोसित बने। जिम्मेवार अधिकारिहरुबाटै गैरजिम्मेवार जवाफ आएको भन्दै आक्रोसित लगानीकर्ताले हुटिंङ र नाराबाजी गर्दै साधारणसभा स्थगित हुनुपर्ने आवाज उठाए। 

सहभागी अधिकांश सेयरधनिहरुले नाराबाजी गर्दै बाँकी आर्थिक वर्षहरुको साधारणसभाको मितिको बिषयमा लिखित प्रतिबद्धता र घोसित १२० प्रतिशत बोनस सेयरको सुनिश्चितता नभएसम्म साधारणसभा चल्न नदिने अडान राखे। 

गल्ति माथि गल्ति गर्दै राष्ट्रिय बीमा कम्पनी, १२० प्रतिशत लाभांश घोषणा मै गम्भीर 'त्रुटी'

आक्रोसित सेयरधनीहरुले मंचमा बसेका संचालक, प्रमुख कार्यकारी लगायतलाई धन्नै कुटेका थिए। केहि लगानीकर्ताले  वार्षिक प्रतिवेदन पुस्तक र पानीका बोतलले संचालकहरुमाथि प्रहार नै गरे। आक्रोसित सेयरधनीलाई रोक्न सुरक्षाकर्मी र बाउन्सर नै खटाउनु परेको थियो। 

सेयरधनिहरुले संचालकहरुको गलत नियतले १८००० रुपैयाँ पर्ने सेयरको मुल्य ८ हजारमा झरेको र आफ्नो घर खेत नै धरापमा परेको संचालकहरुलाई सुनाए। १२० प्रतिशत बोनस सेयर दिन्छु भनि कम्पनीले आफुहरुलाई फसाएको भन्दै आक्रोस पोखेका लगानीकर्तालाई सुरक्षाकर्मीलाई समेत सम्हाल्न हम्मे हम्मे परेको थियो। 

सुरक्षाकर्मी र बाउन्सरबाट समेत स्तिथि नियन्त्रणमा नआएपछि संचालक समितिका अध्यक्ष उमेशचन्द्र उपाध्यायले आर्थिक वर्ष २०६७/६८ पछिका सबै साधारणसभा ६ महिनाभित्र गर्ने प्रतिबद्धता जनाए। तर अध्यक्षको प्रतिबद्दतालाई समेत सेयरधनीहरुले बेवास्ता गर्दै नाराबाजी जारि राखे। 

सर्वसाधारण तर्फक संचालक अशोककुमार उप्रेतीले १२० प्रतिशत लाभांश पनि आउने र त्यसमा थप लाभांश समेत दिने कुरा भइरहेको सूचना दिएपछि आक्रोशित समूह केही मत्थर देखिए। सञ्चालक समितिले चैत भित्रै लाभांश वितरण गर्ने आश्वसनलाई समेत शेयरधनीले नपत्याएपछी सभामा  

महालेखा परिक्षकको कार्यालयले कम्पनीलाई पाँच आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्न ताकेता गरेकोले त्यो सम्पन्न नभएसम्म अर्को साधारण सभा गर्न नपाउने भन्ने आदेश आएको जानकारी गराइएको थियो। उक्त कुरा सुनेपछी मात्र लगानीकर्ता शान्त भए र साधारणसभा पुन: सुचारु भयो।  

घन्टौंको अवरोध र नाराबाजीका बावजुत पनि अन्तत: साधारण सभावाट आर्थिक वर्ष २०६३/६४ देखि २०६७/६८ सम्मको बार्षिक प्रतिबेदन माथि छलफल भई वित्तीय विवरण पारित भएको छ। त्यस्तै कर्मचारीलाई अंकित मुल्यमानै कम्पनीको ५ प्रतिशत सेयर निष्काशन गर्ने गरि प्रबन्धपत्रको दफा ७ मा संसोधन गरिएको छ।     

साधारणसभा घोषणा गर्ने क्रममा सूचना चुहावट गरेको भन्दै छानविनको माग

२०६३-६४ देखि २०६९-७० सम्मको हिसाब फर फारक नभएसम्म कुनै पनि किसिमको सुविधाको घोषणा नगर्न बीमा समितिले दिएको निर्देशन बिपरित कम्पनीले १२० प्रतिशत बोनस सेयर दिने घोषणा गरेपछि कम्पनी बिबादमा तानिएको हो। कम्पनीको वित्तीय विवरणमा त्रुटी देखिएकाले उनीहरुलाई २०६९-७० सम्मको हिसाब फरक फारक नहुँदासम्म कुनै सुविधा घोषणा नगर्न एक बर्ष अघि नै बिमा समितिले निर्देशन दिएको बीमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेलले बिजपाटीलाई बताए। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved