एनसीसी बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2018 | 08:03:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्रेडिट एण्ड कमर्स  (एनसिसि) बैंकको हकप्रद भर्ने आज असोज २२ गते अन्तिम दिन रहेको छ ।  बैंकले भदौ ४ गतेदेखि १०० बराबर ५० कित्ता अर्थात ५० प्रतिशतका दरले  २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद बिक्रि खुला गरेको थियो । बैंकले असोज ७ गतेसम्म हकप्रद भर्न सकिने जनाएकोमा १५ दिन म्याद थप गरी असोज २२ गतेसम्म हकप्रद भर्ने ब्यबस्था गरेको हो ।    

बैंकले नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी ८ अर्ब पुर्याउने योजना अन्तर्गत हकप्रद बिक्रि गरेको हो । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।  साउन १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।  

लगानीकर्ताले बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको  सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सक्नेछन् ।  सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।

पछिल्लो दुई बर्षदेखि साधारणसभा गर्न नसकेको एनसीसीले चुक्ता पुंजी ८ अर्ब पुर्याउन हकप्रदको सहारा लिएपनि हकप्रद निष्काशन पश्चात ७ अर्ब १ करोड चुक्ता पुंजी पुग्नेछ। बाँकी करिब १ अर्ब चुक्ता पुंजी पुर्याउन बैकले बोनस सेयर वितरण वा अन्य बैंक गाभ्ने बिकल्प रोज्न सक्नेछ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved