19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

विजय लघुवित्तको लाभांश घोषणा

Posted on:October 08, 2018

citizen bank

विजय लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट लगानीकर्तालाई १० प्रतिशत बोनस शेयर र  कर प्रयोजनार्थ ०.५२६ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल लघुवित्तको चुक्ता पूँजी १७ करोड ७१ लाख रुपैयाँ छ । बोनसपछि चुक्ता पूँजी १९ करोड ४८ लाख पुग्नेछ ।

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

लघुवित्तले गत बर्ष दुई करोड ६१ लाख खुद नाफा आर्जन गरेको थियो । 



Share your thoughts!

Loading...

Trending