बढेको बजारमा नाडेपका लगानीकर्ताले सर्बाधिक कमाए, माछापुच्छ्रे बैंकको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 08, 2018 | 04:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार बजार परिसूचक नेप्सेमा सुधार आएको छ । आज नेप्से परिसूचक ६.१६ बिन्दुले बढेर एक हजार २२०.५२ बिन्दुमा पुगेको छ । 

लगातार घट्दै आएको बजारमा सुधार भए पनि कारोवार रकममा भने गिरावट आएको छ । कूल १६३ कम्पनीको १४ लाख ५१ हजार ५७२ कित्ता शेयर रु ३७ करोड १६ लाख ५६ हजार ९२३ मूल्यमा खरीद बिक्री भएको छ । ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक भने १.२९ बिन्दुले बढेर २५८.८२ बिन्दुमा पुगेको छ । कूल दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने आठ उपसमूहको शेयरमा वृद्धि भएको छ । अन्य समूह ३.९५ र जीवन बीमा ४.७१ बिन्दुले घटेको छ । बैंकिङ ७.६१, होटल ४८.४३, विकास बैंक ११.८७, जलविद्युत् एक, फाइनान्स १.९२, निर्जीवन बीमा ३०.५, उत्पादन १३.५६, माइक्रो फाइनान्स ९.०२ बिन्दुले बढेको छ । 

आज माछापुच्छ्रे बैंकको सर्बाधिक ९ करोड ६९ लाख बराबरको कारोबार भएको छ  । 

स्टकका अनुसार नाडेप, सेन्ट्रल फाइनान्स लिमिटेड, श्री इन्भेस्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले सर्बाधिक कमाएका छन् भने मन्जुश्री फाइनान्स लिमिटेड र न्यादी ग्रुप पावर कम्पनीका शेयरधनीले भने आज गुमाएका छन् । नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ मा गरेको मुनाफाबाट पाँच प्रतिशत नगद लाभांश दिने भएको छ । सो आवमा संस्थाले रु ४१ लाख नौ हजार ३३५ मुनाफा गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved