आँखुखोला हाइड्रोको १३ करोड ७६ लाखको आईपिओ बिक्रि खुला

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 07:41:35 AM मा प्रकाशित

laxmi  sunrise bank

आँखु खोला हाइड्रोपावर कम्पनीले आज असोज २३ गतेदेखि सर्वसाधारणको लागि आईपिओ बिकी खुला गरेको छ ।  कम्पनीले कम्पनीले धादिङ्गका स्थानीय बासिन्दाका लागि निष्काशन भएको अवितरित शेयर समेत जोडेर सर्वसाधारणलाई १३ करोड ७६ लाख दुई हजार रुपैयाँको  १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्काशन गर्न लागेको हो । 

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि १७ गतेदेखि भदौ १५ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपिओको निष्काशन गरेको थियो । तर स्थानीयबाट ६ लाख २३ हजार ९८० कित्ता शेयरका लागि मात्र आवेदन परेकाे थियाे ।

कम्पनीको आईपिओमा लगानीकर्ताले असोज २६ गतेसम्म आवेदन दिन सक्ने छन् ।  लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम ६ हजार कित्तासम्मको अलागी आवेदन दिन सक्ने छन। कुल शेयर मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ । बाँकी १२ लाख ७९ हजार ६९९ कित्ता शेयरमा आम सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।  अईपियो निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

इक्रा नेपालले कम्पनीको अईपियोलाई  ग्रेड ५ को ग्रेडिङ्ग प्रदान गरेको छ ।  यसले कम्पनीको अवस्था औसत भन्दा कमजोर रहेको जनाउछ ।

कम्पनीले ८.४ मेगावाटको आँखुखोला–१ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७० साल भाद्र ८ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिरहेको छ । हाल कम्पनीको चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको छ । आईपिओपछि आँखुखोला हाइड्रोको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved