स्वदेशी लघुवित्तको शत प्रतिशत हकप्रद बिक्रि खुला, कहाँ दिने आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 07:47:22 AM मा प्रकाशित

laxmi  sunrise bank

स्वदेशी लघुवित्तले आज असोज २३ गते हकप्रद निष्काशन बिक्रि खुला गरेको छ  । कम्पनीले  एक बराबर एक अनुपातमा  ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गरेको हो  ।  

हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले भदौ २४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न पाउने छन्  । हकप्रद निष्काशनको लागि एनआईसी एशिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। लगानीकर्ताले  स्वदेशी लघुवित्तकाे कायार्लय इटहरी र सम्पूर्ण शाखा कायार्लयहरू, बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल, तथा धितोपत्र बोर्डबाट सि-आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालय मार्फत अावेदन दिन सक्ने छन ।

 हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ५० लाख रहेकोमा शत प्रतिशत हकप्रदपछि चुक्ता पुंजी २३ करोड पुग्ने छ । कम्पनीले यस अघि शतप्रतिशत हकप्रद निष्काशन पश्चात कायम हुने चुक्ता पुंजीको १० प्रतिशतका दरले २ करोड ३० लाख बराबरको नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेकोमा प्राविधिक कारण देखाउदै लाभांश प्रस्ताव खारेज गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved