19 Oct, 2018 | २ कार्तिक २०७५ | शुक्रवार




Bizpati Reporter

Follow us on

प्रोग्रेशिभ फाइनान्सको हकप्रद भर्ने आज अन्तिम दिन

Posted on:October 09, 2018

citizen bank

प्रोग्रेशिभ फाइनान्सको हकप्रद भर्ने आज असोज २३ गते अन्तिम दिन रहेको छ । कम्पनीले भदौ ५ गतेदेखि   १:२.८१ अनुपातमा २८१ प्रतिशत अर्थात् ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेको हो  ।  हकप्रद निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेड बिक्रि प्रबन्धक रहेको छ ।

कम्पनीले यस अघि असोज ८ गतेसम्म हकप्रद भर्न सक्ने जनाएकोमा अहिले १५ दिन म्याद थप गरी असोज २३ गतेसम्म हकप्रद भर्न सक्ने ब्यबस्था गरेको थियो।

 कम्पनीले हकप्रद निष्काशनको लागि साउन २३ गते बुक क्लोज गरेकोले साउन २२ गतेसम्म कायम शेयरधनीले हकप्रद भर्न सक्ने छन् । लगानीकर्ताले असोज ८ गतेसम्म हकप्रद भर्न सक्ने छन् । 

हकप्रद भर्नको लागि निम्न केन्द्र तोकिएका छन् 


 फाइनान्सको गत जेठ २ गते सम्पन्न विशेष साधारणसभाले २८१ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो । हाल कम्पनीको चुक्ता पुंजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद निष्काशनपछि चुक्ता पुंजी  ८० करोड १० लाख रुपैयाँ पुग्ने छ । 

Share your thoughts!

Loading...

Trending