घटेको बजारमा नेपाल सेवाका लगानीकर्ताले सर्बाधिक कमाए, माछापुच्छ्रे बैंकको कारोबार उच्च

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 09, 2018 | 03:50:51 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार बजार परिसूचक नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से सूचक २.५९ अंकले घटेर १२१७.९३ को बिन्दुमा पुगेर रोकिएको हो । आज कारोबारमा आएका १ सय ६० कम्पनीका १० लाख १८ हजार ७९ कित्ता शेयर खरिद बिक्रिबाट ३४ करोड ३२ लाख ९४ हजार ४ सय ३० रुपैयाँको कारोबार भएको छ 

आज नाडेप लघुवित्तको सर्बाधिक ३ करोड ८५ लाख बराबरको कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा चिलिमे हाइड्रो, एनआईसी एसिया, सानिमा माइ हाइड्रो, माछापुच्छ्रे बैंक लगायत रहेका छन् 

आज कारोबारमा आएका अन्य बाहेकका सबै समुहगत सूचक घटेका छन् 

आज नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्बाधिक ६.८१ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा ग्लोबल आईएमई लघुवित्त, पोखरा फाइनान्स लगायत रहेका छन् । आज नेपाल इन्स्योरेन्सका लगानीकर्ताले सर्बाधिक ४,१८ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा महिला सहयात्रा माइक्रोफाइनान्स, प्रोग्रेशिभ फाइनान्स, रिडी हाइड्रोपावर लगायत रहेका छन् 

आज माछापुच्छ्रे बैंकको सबैभन्दा धेरै ६३ हजार ९ सय २७ कित्ता शेयर खरिद बिक्रि भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved