पञ्चकन्या माइ हाइड्रोको शेयर कारोबार सुरु, कति रोकियो सुरुवाती रेन्ज ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 10, 2018 | 11:25:09 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्जमा पञ्चकन्या माइ हाइड्रोपावरको कारोबार सुचारु भएको हो ।    शेयर सुचिकृत भएसंगै आज बुधबार देखि शेयर कारोबार सुचारु भएको हो ।  सेयर बाँडफाँट भएको भण्डै अढाई महिनापछि बल्ल कम्पनीको शेयर कारोबार खुलेको हो ।  कम्पनीको PMHPL संकेतमामा कारोबार सुरु भएको हो । 

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०२.४९ देखि ३०७.४७ सम्मको सुरुवाती रेन्ज तोकेको छ ।   नेप्सेले कम्पनीको नेट वर्थको ३ गुणासम्म सुरुवाती रेन्ज तोक्ने गरेको छ ।   

 कम्पनीले साउन १ देखि ४ गतेसम्म ११ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको कुल १० लाख १ हजार कित्ता आइपीओका लागि  एक लाख ४६ हजार ३८९ जनाबाट १ करोड ८४ हजार ७३० कित्ताको माग परेको थियो। जस मध्ये एक लाख एक सयले मात्र पञ्चकन्याको सेयर हात पारेका थिए।  

पञ्चकन्या समूहले प्रवद्र्धन गरेको पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो माई ‘सी’ले गत साउनदेखि विद्युत् उत्पादन गरिरहेको छ। यसअघि निर्माण भएको १२ मेगावाट क्षमताको माथिल्लो माई पनि सञ्चालनमा रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved