कालिका पावरको शेयर कारोबार सुरु, कति तोकियो सुरुवाती रेन्ज ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 11, 2018 | 11:27:01 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेमा कालिका पावर कम्पनी लिमिटेडको ६० लाख कित्ता साधारण शेयर सुचिकृत भएको छ । शेयर सूचीकरणसंगै कम्पनीको शेयर कारोबार पनि खुला भएको छ । कम्पनीको KPCL सिम्बलबाट कारोबार सुरु भएको हो । कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले ९५.८४ देखि २८७.५३ सम्मको सुरुवाती रेन्ज तोकेको छ ।  नेप्सेले पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्म रेन्ज तोक्ने गरेको छ । 

कालिकाले सर्वसाधारणका लागि ११ लाख १६ हजार कित्ता शेयर निष्काशन गरेको थियो  । 

 आईपीओपछि कालिकाको चुक्ता पुंजी ६० करोड पुगेको छ । कम्पनीले आफ्नो विवरण पत्रमा आर्थिक बर्ष ७५/७६ देखि नै  लाभांशको प्रस्ताव गरेको थियो । कम्पनीले यस बर्ष ३ करोड बराबरको बोनस शेयर दिने प्रक्षेपण आफ्नो विवरण पत्रमा गरेको थियो , जुन ५ प्रतिशत हो ।     

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved