गरिमा विकास बैंकको लाभांश प्रस्ताव पारित

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 12, 2018 | 07:00:15 PM मा प्रकाशित

laxmi  sunrise bank

गरिमा विकास बैंक लिमिटेडको लाभांश पारित भएको छ । बैंकको शुक्रबार भएको साधारणसभाले शेयरधनीहरुलाई १० प्रतिशत बोनश शेयर र ३.७५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रश्ताव पारित गरेको हो । त्यसैगरी उक्त साधारणसभाले मर्जर तथा एक्वीजिसनसम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत प्रदान गरेको छ ।   

 २ अर्ब ५३ करोड ४८ लाख ८० हजार रुपैंया चुक्ता पू¤जी रहेको विकास बैंकको १० प्रतिशत बोनश शेयर वितरणपश्चात चुक्ता पुंजी २ अर्ब ७८ करोड ८३ लाख ६८ हजार पुगेको छ । साधारण सभाको लागि २०७५ आश्विन १२ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द रहेकोमा २०७५ आश्विन ११ गते सम्म कायम विकास बैंकका शेयरधनीहरुले मात्र साधारणसभाबाट पारित बोनश शेयर र नगद लाभांश प्राप्त गर्नेछन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved