दशैंमा बढी खर्च गर्ने कि जोगाएर यी कम्पनीका सेयर १०० रुपैयाँमै किन्ने ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 11:32:09 AM मा प्रकाशित

laxmi  sunrise bank

तपाईले यो दशैंमा फजुल खर्च गर्ने सोचमा हुनुहुन्छ ? यदि हो भने त्यसो नगर्नुहोस। तपाईले अहिले जोगाएको केहि रुपैयाँ भविष्यमा धेरै हजार बन्न सक्छ। पैसा जति भएपनि खर्चका लागि अपुग हुन्छ त्यसैले आजको थोरै बचत र लगानीले भविष्यमा राम्रो आम्दानि हुन सक्छ। भविष्यमा आम्दानिका लागि तपाइँले बिभिन्न उपाय अपनाउन सक्नुहुन्छ। 

लगानीका लागि बिभिन्न उपायमध्ये तपाईले थोरै जोखिम मोलेर सेयरमा लगानी गर्न सक्नुहुन्छ। अहिले खर्च जोगाएर सेयरमा गरिएको लगानीले बर्ष दुई बर्षमा नै राम्रो प्रतिफल दिन्छ। त्यसैले दशैंमा फजुल खर्च घटाएर सेयरमा लगानी गर्नु बुद्दिमानी हुन्छ।

प्राथमिक बजारमा बिभिन्न कम्पनीका सेयरहरु सय रुपैयाँमा नै आउनेगर्छन। दोस्रो बजार भन्दा प्राथमिक बजारमा गरिएको लगानी तुलनात्मक रुपमा कम जोखिम हुन्छ भने प्रतिफलको पनि लगभग सुनिश्चितता नै हुनेगर्छ। 

दशैं लगतै केहि कम्पनीले करोडौंको साधारण सेयर सर्वसाधारणमा जारि गर्दैछन। तपाइले दशैंमा जोगाएको केहि सय वा हजार रुपैयाँ यी कम्पनीका साधारण सेयरना (आइपीओं) लगानी गर्न सक्नुहुन्छ। 

४ वटा कम्पनी चौतारी लघुवित्त, हिमालय उर्जा विकास कम्पनी, शिवम सिमेन्ट र अपर तामाकोशीको आइपीओं आउंदैछ। शिभम सिमेन्टको आइपीओ को मुल्य सय रुपैयाँ भन्दा बढी भएपनि अन्य कम्पनीको सेयर भने १०० रुपैयाँमा नै किन्न पाइनेछ। 

चौतारी लघुवित्तले ५ करोड ४० लाख रुपैयाँको आइपीओ, स्थानीयको लागि हिमालय उर्जा विकास कम्पनीको ९ करोड ९० लाख रुपैयाँको आईपिओ निष्काशनको तयारिमा छन। त्यस्तै स्थानीयलाई आइपीओ निष्काशन गरिसकेका शिवम सिमेन्टले ५० लाख ७९ हजार ७६० कित्ता र अपर तामाकोशीले १ अर्ब ५८ करोड ८५ लाखको र १ करोड ५८ लाख ८५ हजार कित्ता आईपिओ जारि गर्दैछन।   

यी बाहेक २३ कम्पनी बोर्डबाट आईपिओ निष्काशनको अनुमतिको पर्खाइमा छन।  यी २३ कम्पनीले कुल ४ अर्ब ५६ करोड ४१ लाख ५७ हजार १ सय रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने छन्।  

अनुमतिको पर्खाइमा रहेकामा सीईडीबी हाइड्रो, सयपत्री हाइड्रो, आशा लघुबित्त, जनसेवी लघुवित्त, शुभम पावर, स्पर्श लघुवित्त, रुरु जलविद्युत, माउन्टेन हाईड्रो, युनियन हाइड्रो, स्वावलम्बन माइक्रोफाइनान्स, पांचथर पावर, ग्रिनलाईट हाइड्रो, सीबीआइएल क्यापिटल, मैलुंग खोला जलविद्युत, युनिभर्सल पावर, मध्य भोटेकोशी जलबिद्युत, शिवश्री हाइड्रो, जोशी हाइड्रो, घलेम्दी हाइड्रो, गर्जांग उपत्यका हाइड्रो, लाफिंग बुद्ध पावर नेपाल र युनिक हाईडेल रहेका छन। यी २३ कम्पनीले अनुमति पाए पश्चात कुल ४ अर्ब ५६ करोड ४१ लाख ५७ हजार १ सय रुपैयाँ बराबरको आईपिओ निष्काशन गर्ने छन्।  यस हिसाबमा अनुमति पाई सकेका र अनुमतिको पर्खाइमा रहेका गरी कुल ६ अर्ब ८१ करोडको शेयर जारि हुने क्रममा रहेका छन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved