दोहोरो अंकले बढेको बजारमा एनएमबि बैंकको कारोबार उच्च, जनता बैंकको सर्बाधिक शेयर किनबेच

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 14, 2018 | 04:45:06 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ । आज सूचक १४.१५ अंकले बढेर १२४२.४३ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका १ सय ५८ कम्पनीका १० लाख १६ हजार ४ सय ६० कित्ता शेयर खरिद बिक्रिबाट २६ करोड ९९ लाख १३ हजार ७ सय २९ रुपैयाँको कारोबार भएको छ ।

आज एनएमबि बैंकको सबैभन्दा धेरै २ करोड ४५ कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा मेगा बैंक, जनता बैंक, एनआईसी एसिया बैंक, प्रभु बैंक लगायत रहेका छन् ।

आज कारोबारमा आएका उत्पादन र हाइड्रो बाहेकका सबै सूचक बढेका छन् ।

आज एनएमबि सुलभ इन्भेस्टमेन्ट फण्ड १ का लगानीकर्ताले सर्बाधिक ५.९८ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा नेपाल सेवा लघुवित्त, सहयोगी विकास बैंक, नेको इन्स्योरेन्स, ग्रिन डेभलपमेन्ट बैंक लगायत रहेका छन् ।

आज युनिलिभर नेपालका लगानीकर्ताले सर्बाधिक ७.२९ गुमाएका छन् । अन्य बढी गुमाउनेमा पन्चकन्या माई हाइड्रो, ङादी ग्रुप पावर, बेस्ट फाइनान्स, दिब्यश्वरी हाइड्रो लगायत रहेका छन् । 

आज जनता बैंकको सर्बाधिक १ लाख ९ हजार ७ सय ९३ कित्ता शेयर खरिद बिक्रि भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved