आरएसडीसी लघुवित्तको लाभांश प्रस्ताव परिमार्जन: बोनस बढ्यो, नगद घट्यो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2018 | 11:06:38 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडीसी लघुवित्तको लाभांश प्रस्ताव परिमार्जन गरेको छ । कम्पनीले नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बोनस प्रस्ताव परिमार्जन गरेको जनाएको छ । 

कम्पनीको असोज १३ गतेको संचालक समितिको बैठकले लगानीकर्तालाई गत बर्षको मुनाफाबाट  ५ प्रतिशत बोनस तथा ५ प्रतिशत नगद गरी कूल दश प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । तर कम्पनीको असोज २७ गतेको संचालक समितिको बैठकले नयाँ लाभांश दर प्रस्ताव गरेको हो ।

कम्पनीले अब १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम्पनीले ५ करोड ७५ लाख ९२ हजारको बोनस र ३० लाख ३१ हजार १ सय ८५ रुपैयाँको नागद लाभांश प्रस्ताव गरेको हो । कम्पनीको उक्त परिमार्जित प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले अनुमति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी  ५७ करोड ५९ लाख रहेकोमा प्रस्तावित बोनस वितरणपछि कम्पनीको चुक्ता पुंजी ६३ करोड ३४ लाख पुग्नेछ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved