नयाँ नियमावली अनुसार नेप्सेमा सुचिकृत कम्पनीहरुको बर्गिकरण, ए र बि मा कोहि परेनन् (सुचीसहित)

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 15, 2018 | 09:15:16 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले पहिलो पटक नयाँ नियमावली अनुसार सुचिकृत कम्पनीहरुको बर्गिकरण गरेको छ । नेप्सेले गत साउन १ गतेदेखि लागु भएको “धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५” ले गरेको ब्यबस्था अनुसार सुचिकृत कम्पनीहरुको प्रथम त्रैमासिक बर्गिकरण सार्बजनिक गरेको हो । 

साविकमा सूचिकृत संगठित संस्थालाई ए र वि गरी दुईवटामा सीमित गरिएको थियो । तर नेपाल धितोपत्र बोर्डले लागु गरेको नयाँ नियमावलीमा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय अभ्यासलाई समेत दृष्तिगत गरी ए, वि, जि र जेड गरी चार वर्गमा वर्गिकरण गर्ने ब्यबस्था छ । सोहि अनुसार नेप्सेले  संस्थाको चुक्ता पूँजी, प्रतिफल, नियम परिपालना लगायतको स्थितिलाई हेरी नयाँ बर्गिकरण सार्बजनिक गरेको हो ।  

नयाँ बर्गिकरण अनुसार ए र बि मा कुनै पनि कम्पनी परेका छैनन् भने अधिकांश कम्पनीहरु जेडमा परेका छन्।  बर्गिकरण चित्त नबुझ्ने कम्पनीहरुले उल्लेखित समुहमा नपर्नु पर्ने कारण सहित ४५ दिन भित्र दाबी गर्न नेप्सेले आग्रह गरेको छ  ।  


यस्तो छ नयाँ बर्गिकरण  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved