शिब धिताल/बिजपाटी     Oct 17, 2018



ruslan ruslan

नेपाल स्टक एक्चेन्ज नेप्सेले पहिलो पटक नयाँ नियमावली अनुसार सुचिकृत कम्पनीहरुको बर्गिकरण गरेको छ। नयाँ नियमावली अनुसार गरिएको   बर्गिकरणमा झन्डै २०० भन्दा बढी सुचिकृत संस्थाहरु खराब कम्पनीको सुचिमा परेका छन। 

धितोपत्र सूचीकरण नियमावली २०७५ अनुसार नेप्सेले सुचिकृत कम्पनीहरुलाई चार बर्गमा बर्गीकरण गरेको छ। सबै भन्दा राम्रो कम्पनीलाई 'ए' बर्गमा राखिन्छ भने त्यसपछिका राम्रा कम्पनीलाई 'बि' मा र खराब कम्पनीलाई 'जेड' बर्गमा राखिन्छ। त्यस्तै संचालनमा आएको ३ बर्ष पुरा नभएका नयाँ कम्पनीलाई 'जी' मा बर्गिकरण गरिएको छ।  

नेप्सेले गरेको बर्गिकरणमा राम्रो मानिने 'ए' र 'बि' बर्गमा कुनै पनि कम्पनी परेका छैनन। त्यो भन्दा पनि नबिल, एभरेष्ट बैंक लगायतका कम्पनीहरु बन्द भैसकेका बुटवल स्पिनिङको बर्गमा बर्गिकरण हुँदा लगानीकर्ता अन्यौलमा परेका छन। नेप्सेमा सुचिकृत करिब २०० बढी संस्थाहरु 'जेड' बर्ग अर्थात खराब कम्पनीको सुचिमा परेका छन।  

सेयरबजारमा राम्रा मानिने दर्जनौ कम्पनीहरु समेत खराब कम्पनीको सुचिमा दर्ज हुँदा त्यसले नेप्सेको बर्गिकरण माथि नै प्रश्न उठेको छ। यद्दपी सेयरबजारमा लगानीकर्ताको दृष्टिकोणमा राम्रा मानिने कम्पनीहरुले बर्गिकरणको क्रममा आबश्यक कागजात र प्रक्रिया पुरा गर्न नसकेकाले उनीहरु खराब कम्पनीको सुचिमा बर्गिकरण गरिएको नेप्सेका एक अधिकारीले बिजपाटीले बताए। 

'हामीले माग गर्दा अधिकांश कम्पनीहरुले आवश्यक कागजात पुर्याउन सकेनन, उनीहरुले उपलब्ध गराएको कागजातमा अधिकांश कम्पनीको क्रेडिट रेटिङ नभएको पाईएपछि उनीहरुलाई खराब कम्पनीमा बर्गिकरण गरिएको हो' ति अधिकारीले बताए, 'केहि बाणिज्य बैंक लगायत अधिकांश कम्पनीहरु राम्रो मानिने ए र बि मा बर्गिकरण हुने अवस्था हुँदाहुँदै पनि उनीहरुले क्रेडिट रेटिङ नगराएकाले खराब मानिने जेड बर्गिकरणमा परेका हुन।'

वित्तीय सुशासन र लगानीकर्ताप्रतिको जिम्मेवारी बहन गर्न नसक्ने कम्पनीहरुलाई भने नेप्सेको बर्गिकरणले अप्ठ्यारोमा पार्ने बिश्वास गरिएको छ। आर्थिक बर्ष सकिएको ६ महिना बितिसक्दा पनि बार्षिक साधारणसभा नगर्ने, समयमै वित्तीय विवरण प्रकाशित नगर्ने, कर्मकाण्ड पुरा गर्न एउटा पत्रिकामा वित्तीय विवरण प्रकाशित गर्ने र व्यवस्थापकीय विश्लेषण अर्को पत्रिकामा गरि लगानीकर्ताको आँखा छल्ने, बर्षौं बित्दा समेत लाभांश वितरण नगर्ने जस्ता हर्कत गर्ने कम्पनीहरु पनि नेप्सेको बर्गिकरणले नैतिक अप्ठ्यारोमा परेको विश्लेषण गरिएको छ। 

नेप्सेको बर्गिकरणले ठुलो अंकको नाफा कमाउदैमा, बढी लाभांश वितरण गर्दैमा कम्पनी उत्कृष्ट हुन्छ भन्ने मानसिकतालाई परिवर्तन गरि लगानीकर्ताप्रति जिम्मेवार बनाउने अपेक्षा गरिएको छ। नेप्सेको बर्गिकरणले सुशासनमा रहन नचाहने कम्पनीहरुलाई लगानीकर्ताको नजरमा गिराउने निश्चित छ। अहिलेको बर्गिकरणले पनि त्यहि बिषयलाई निरन्तरता दिएको सेयर बिज्ञहरुको बुझाई छ।      

कम्पनीको वित्तीय अवस्थाको साथसाथै सुशासनलाई पनि बर्गिकरणले महत्त्व दिएकाले सुचिकृत कम्पनीहरुलाई सेयरधनी बिशेषगरि सर्वसाधारण सेयरधनीप्रति उत्तरदायी बनाउने अपेक्षा गरिएको छ। नबिल, एभरेष्ट, एनआईसी एसिया लगायतका संस्थाहरु समेत खराब बर्गमा रहनुले वित्तीय अवस्था राम्रो हुँदाहुँदै पनि कुनै एउटा आधारमा कमजोर देखियो भने कम्पनीको बर्गीकरण खस्कनसक्ने संदेश दिएको छ।

त्यसो त नेप्सेले बर्गीकरणमा कैफियत देखिएका कम्पनीहरुलाई ३५ दिन भित्र पुनरावलोकनका लागि मौका दिएकाले अर्को बर्गीकरणमा सुधार हुने अपेक्षा गरिएको छ। नेप्सेले गत साउन १ गतेदेखि लागु भएको “धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५” ले गरेको ब्यबस्था अनुसार सुचिकृत कम्पनीहरुको प्रथम त्रैमासिक बर्गिकरण सार्बजनिक गरेको हो। साविकमा सूचिकृत संगठित संस्थालाई ए र वि गरी दुईवटामा बर्गिकरण गरिन्थ्यो। 

नयाँ नियमावली अनुसार नेप्सेमा सुचिकृत कम्पनीहरुको बर्गिकरण, ए र बि मा कोहि परेनन् (सुचीसहित)




 

 

   



 


Share your thoughts!









Close in 7