नेप्सेको बर्गिकरणलाई आधार बनाएर लगानी तथा कारोबार गर्नु हानिकारक

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2018 | 12:44:04 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैंको सार्वजनिक बिदा अगाडी नेपाल स्टक एक्चेन्ज नेप्सेले पहिलो पटक नयाँ नियमावली अनुसार सुचिकृत कम्पनीहरुको बर्गिकरण गरेको छ। उक्त बर्गिकरणमा राम्रा कम्पनी अटाउने सुची 'ए' र 'बि' मा कुनै पनि कम्पनी परेका छैनन भने एभरेष्ट बैंक लगायत कयौं पनि खराब कम्पनीको सुची 'जेड' मा परेका छन। त्यस्तै कारोबारमा आएको ३ बर्ष नपुगेका नयाँ कम्पनीहरुलाई 'जी' मा राखिएको छ। 

नेप्सेको बर्गिकरणमा सेयरबजारमा राम्रा भनिएका कम्पनीहरु समेत खराब कम्पनीको सुचिमा पर्दा लगानीकर्तामा अन्यौलता देखिएको पाइएको छ। कागजमा मात्र सिमित बुटवल स्पिनिङ मिल,गोरखकाली रबर उद्योगदेखि सेयरधनीहरुलाई नियमित लाभांश दिने कम्पनीहरु समेत एकै समुहमा पर्दा यसले लगानीकर्तामा अन्यौलको माहोल देखिएको विश्लेषण गरिएको छ। 

तर शेयरबजारका जानकार तथा लेखक दिलिप मुनरकर्मीले नेप्सेको बर्गिकरण औपचारिक मात्र भएको बताएका छन। नेप्सेको बर्गिकरण औपचारिक मात्र भएकाले यसको आधारमा कम्पनीप्रति धारणा बनाएर लगानी तथा कारोबार गर्नु हानिकारक हुने उनको विश्लेषण छ। 

नेप्सेमा सुचिकृत अधिकांश कम्पनीहरुले समयमै क्रेडिट रेटिंङको रिपोर्ट नबुझाएकाले अन्य कुरामा राम्रो हुँदाहुँदै पनि केहि कम्पनी खराब कम्पनीको सुचिमा परेको नेप्सेको एक अधिकारिको भनाई छ। 

नेप्सेले गरेको बर्गिकरणमा राम्रो मानिने 'ए' र 'बि' बर्गमा कुनै पनि कम्पनी परेका छैनन। त्यो भन्दा पनि नबिल, एभरेष्ट बैंक लगायतका कम्पनीहरु बन्द भैसकेका बुटवल स्पिनिङको बर्गमा बर्गिकरण हुँदा लगानीकर्ता अन्यौलमा परेका छन। नेप्सेमा सुचिकृत करिब २०० बढी संस्थाहरु 'जेड' बर्ग अर्थात खराब कम्पनीको सुचिमा परेका छन।  

कसरि परे एभरेष्ट बैंक सहित दर्जनौ संस्था खराब कम्पनीको सुचिमा ?

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved