सेयरलगानीकर्तामा फेस्टिब मुड कायमै, सूचक ४ अंकले बढ्दा बैंकहरुको अधिक कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 21, 2018 | 07:08:09 PM मा प्रकाशित

laxmi  sunrise bank

दशैं बिदापछिको पहिलो दिनको सेयर कारोबारले लगानीकर्तालाई उत्साही बनाएको छ। दशैं बिदापछिको पहिलो कारोबारमा बजार परिसूचक ४।८९ अंकले बढेर १२४६.५२ को बिन्दुमा उक्लिएको छ। दशैँ अगाडीको अन्तिम कारोबारको दिन नेप्से परिसूचक ०.८० अंकले घटेर १२४१.६३ अंकमा झरेको थियो।  

इन्डेक्समा सुधार देखिएपनि कारोबार रकममा भने गिरावट देखिएको छ। दशैं अगाडीको अन्तिम कारोबारमा ३३ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा दशैं बिदापछिको पहिलो दिन खुलेको बजारमा कारोबार रकम १४ करोडमा सिमित भएको छ। सेयरलगानीकर्ता दशैंको माहोलमै रहेकाले कारोबार रकममा उत्साह नदेखिएको र केहि दिनसम्म यस्तै अवस्था रहन सक्ने एक ब्रोकर कार्यालयमा कार्यरत कर्मचारीको भनाई छ।    

आज (कात्तिक ४) मा १२४ कम्पनीको ७ लाख सेयर कारोबार हुँदा १४ करोड ५ लाख रुपैयाँको कारोबार भएको छ। जसमा बढी कारोबार हुने १० कम्पनीमा बाणिज्य बैंक रहेका छन। सेयरलगानीकर्ताले बाणिज्य बैंकको सेयरमा लगानी बढाइरहेको पछिल्लो दिनको सेयर कारोबारले देखाएको छ। 

नयाँ आर्थिक बर्षको सुरुवातसंगै बाणिज्य बैंकमा सेयर लगानिकर्ताको आकर्षण बढेको छ। जसले गर्दा बढी कारोबार हुने कम्पनीहरुमा बाणिज्य बैंक अग्रस्थानमा पर्ने गरेका छन। दशैं बिदापछिको पहिलो कारोबारमा समेत प्रभु, एनआईसी एसिया, एनएमबि, सिभिल, मेगा लगायतका बैंकहरु धेरै कारोबार हुनेमा परेका छन। 

बढी कारोबार हुनेमा बाणिज्य बैंक भएपनि कमाउनेमा भार्गब बिकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र हिमालयन डिस्टिलरी रहेका छन। यी कम्पनीका सेयरधनीले क्रमश प्रति कित्ता ९, ६ र ५६ रुपैयाँ कमाएका छन। त्यस्तै गुमाउने पहिला दुई कम्पनीमा मिर्मिरे र ग्लोबल आइएमई लघुवित्त छन। 


     














Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved