मध्ये भोटेकोशीलाई १ करोड ४४ लाख कित्ता आइपीओ बिक्रीको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 22, 2018 | 07:32:20 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले साधारण सेयर निष्काशनको अनुमति पाएको छ। कम्पनीले सञ्चयकोषका सञ्चयकर्ता, ऋण प्रदायक कम्पनीका कर्मचारी र संस्थापक शेयर धारण गर्ने कम्पनीका कर्मचारीलाई आइपीओ निष्काशनको अनुमति पाएको धितोपत्र बोर्डले जनाएको छ। 

कम्पनीले पहिलो चरणमा १ अर्ब ४४ करोड रुपैयाँ बराबरको १ करोड ४४ लाख कित्ता आइपीओ जारि गर्ने अनुमति पाएको हो। गत असार १७ गते आइपीओ निष्काशनको अनुमति माग्दै निबेदन दिएको कम्पनीले असोज २९ मा धितोपत्र बोर्डबाट अनुमति पाएको हो।

१ करोड ४४ लाख कित्ता सेयर मध्ये कम्पनीले कर्मचारी संचय कोषका सञ्चयकर्ताहरुका लागि १ करोड १७ लाख, संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि ६ लाख कित्ता शेयर निष्काशन गर्नेछ।

पहिलो चरणमा आइपीओ जारि गरेपछि दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाका लागि ६० लाख कित्ता शेयर जारी गर्नेछ। त्यसपछि तेस्रो चरणमा कम्पनीले सर्वसाधारण तथा उक्त कम्पनीका कर्मचारीहरूका लागि ९० लाख कित्ता शेयर जारी गर्नेछ।

कर्मचारी सञ्चय कोषले ६ अर्ब २१ करोड ऋण प्रवाह गरेको यस आयोजनामा चिलिमेको ३८, नेपाल विद्युत प्राधिकरणको १० तथा स्थानीय नेपाल अरनिको हाइड्रो कम्पनी, सिन्धु इन्भेष्टमेन्ट कम्पनी प्रालि र सिन्धुपाल्चोक हाइड्रो पावर कम्पनीको एक-एक प्रतिशत संस्थापक शेयर छ। त्यस्तै  सर्वसाधारणले १५, आयोजन प्रभावित स्थानीयले १०, कर्मचारी सञ्चय कोषले १९.५ र आयोजनामा कार्यरत कर्मचारीले ३.५ प्रतिशत सेयर पाउनेछन।    

कम्पनीको सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सीआईबिएल क्यापिटल लिमिटेड रहेका छन। 

कम्पनीको मध्य भोटेकोशीको सिन्धुपाल्चोकमा १०२ मेगावाटको जलविद्युत आयोजना निर्माणाधीन छ। आयोजनाबाट वार्षिक ५९ करोड युनिट विक्री योग्य विद्युत उत्पादन हुने प्रक्षेपण छ।आयोजनाबाट वार्षिक ५४ करोड २० लाख युनिट विद्युत उत्पादन हुने अनुमान छ। आयोजनाले विद्युत् बिक्रीबाट वार्षिक दुई अर्ब ९० करोड ४३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ । 

चिलिमे जलविद्युत पावर कम्पनीको नेतृत्वमा बन्न लागेको सिन्धुपाल्चोकको सबैभन्दा ठूलो आयोजना हो। सन २०१३ को सुरुवातमा थालेर सन २०१६ मा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएकोमा बिभिन्न कारण म्याद थप गरि सन् २०१९ को जुनमा सक्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved