बोर्डको स्पष्ट निर्देशनपछि पनि कसले रोक्यो नेपाल बैंकको एफपिओ सूचीकरण ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2018 | 03:07:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकको एफपीओ बाँडफांड भएको ३ महिना हुन् लाग्दासम्म नेप्सेमा सुचिकृत हुन् सकेको छैन । शेयर सुचिकृत हुन् नसक्दा हजारौ लगानीकर्ताको सम्पति बन्धक भएको छ। साथै बजार मूल्य आफुले खरिद गरेको भन्दा बढी पुग्दा समेत लगानीकर्ता शेयर बिक्रि गर्नबाट बन्चित भएका छन्। 

किन ढिला भयो सूचीकरण ?

बैंकले असार १५ गतेदेखि एक सय अंकित मुल्यमा १८० प्रिमियम थप गरि प्रति कित्ता २८० मूल्यमा १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता सेयर निष्काशन गरेको थियो । जस मध्ये ९३ लाख ७५ हजार ६ सय ५० कित्ताको लागि मात्र आवेदन परेको थियो । कम आवेदन परेकोले सबै २३ हजार ६ सय २४ आवेदकले माग गरे अनुसार कै शेयर पाएका थिए। बाँकि शेयर भने शेयर अन्डरराइटर कम्पनीहरुले (सेयर प्रत्याभूतकर्ता)ले सकारेका थिए 

अन्डरराइटरको अबैध खेल 

अन्डरराइटर कम्पनीहरुले शेयर अबैध बाटोबाट बिक्रि गरेको उजुरी नेपाल धितोपत्र बोर्डमा परेपछि समग्र सूचीकरण प्रक्रिया लम्बिएको हो अन्डरराइटरहरुले सेयर कारोबारको प्रणालीलाई नै बाइपास गरि नेपाल बैंकको सेयर कारोबार गरेको आधारमा नेपाल धितोपत्र बोर्डले अनुसन्धान सुरु गरेको थियो ।  प्राथमिक बजार वा दोस्रो बजारबाट मात्रै सेयर कारोबार हुनुपर्नेमा 'नक्कली बजार' खडा गरि उनीहरुले बैंकको सेयर कारोबार गरेपछि बोर्डले अनुसन्धान थालेको थियो। 

अनुसन्धानमा ढिलाई 

यस बिषयमा अनुसन्धान थालेको बोर्डले दशैँविदा सकिएपछि कार्तिक ४ गते मात्र नयाँ निर्देशन दियो । अनुसन्धान पश्चात बोर्डले बैंकको सेयर प्रत्याभूत गरेका मर्चेन्ट बैंकरहरुले गम्भीर गल्ति गरेको ठहर गर्दै आगामी दिनमा यस्तो नगर्न भन्दै बोर्डले ८ वटा क्यापिटललाई पत्र काटेको छ। 

बोर्डले प्रत्याभूतकर्ता ८ वटा मर्चेन्ट बैंकर (ग्लोबल आईएमई क्यापिटल , एनआईबीएल एस क्यापिटल, सिभिल क्यापिटल, सीबीआईएल क्यापिटल , सनराइज क्यापिटल, लक्ष्मी क्यापिटल , सानिमा क्यापिटल र नेपाल एसबिआई क्यापिटल) लाई सेयर पहिले आफ्नो खातामा जम्मा गरेर मात्र तेस्रो पक्षलाई दोस्रो बजारबाट सेयर नामसारी गर्न निर्देशन दिएको छ।

सीईओ नआउँदा ढिलाई 

बोर्डको निर्देशन लगत्तै शेयर सूचीकरण हुनु पर्ने हो । तर निर्देशन दिएको ४ दिन बिती सक्दासम्म शेयर सूचीकरण हुन् सकेको छैन । नेपाल बैंकका सीईओ देबेन्द्र प्रताप शाह दशैँविदाबाट अझै कार्यालय फर्केका छैनन् । सीइओ नहुँदा बोर्डको निर्देशन अनुसार काम हुन् र निर्णय हुन् नसकेको बैंकका सहायक महाप्रबन्धक शिवराम मिश्र बताउछन् । उनले भने 'बोर्डको निर्देशन अनुसार एउटा लिस्ट अपडेट गर्नुपर्छ र सोहि अनुसारको नयाँ निर्णय गर्नुपर्छ'। सीइओ बिहिबार आउने भएकोले सोहि दिन निर्णय गरेर नेप्सेलाई फाइल पठाउने र शुक्रबार शेयर सूचीकरण हुने सम्भावना रहेको सहायक महाप्रबन्धक मिश्रले जानकारी दिए । 

पर्खदै नेप्से 

नेप्सेले पनि बैंकले बोर्डको निर्देशन अनुसारको फाइल बैंकले पठाएपछि शेयर सूचीकरण हुने बताएको छ । अन्डरराइटरहरुको नाममा रहेको सबै शेयर उनीहरुकै नाममा रहेको फाइल आए लगत्तै शेयर सुचिकृत हुने नेप्सेले बताएको हो 

लगानीकर्ता मारमा 

शेयर समय मै सुचिकृत नहुँदा लगानीकर्ता मारमा परेका छन् । लगानीकर्ताले २८० मा शेयर खरिद गरेका थिए । असोज दोस्रो साता कम्पनीको शेयर मूल्य ३३४ रुपैयाँ पुग्दा लगानीकर्ताले शेयर बेचेको भए  उनीहरुले प्रति कित्ता ५४ रुपैयाँ नाफा गर्न सक्थे । तर शेयर नै सुचिकृत नहुँदा लगानीकर्ताले कमाउने मौका मात्र गुमाएका छैनन् करोडौको सम्पति बन्धक भएको छ ।

यो पनि : 

सिस्टम बाहिरबाट नेपाल बैंकको सेयर बिक्रि गर्नेमाथि धितोपत्र बोर्डको 'सफ्ट कारबाही'

'नक्कली बजार' खडा गरि नेपाल बैंकको सेयर कारोबार गर्नेमाथि कारबाही सुरु

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved