५ बाणिज्य बैंकको तिहारअघि नै लाभांश घोषणा

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 24, 2018 | 06:54:24 PM मा प्रकाशित

laxmi  sunrise bank

केहि बाणिज्य बैंकहरुले तिहारअघि नै लाभांश घोषणा गर्ने सम्भावना बढेको छ। विगतमा दसैंअघि नै आधा दर्जन बैंकले साधारणसभा सक्दै आएकोमा अहिले पहिलोपटक लागू भएको 'एनएफआरएस' ले लाभांश घोषणा समेत हुन नसकेको हो। 

एकै ढाँचा अनुसार नै बैंकहरुले वित्तीय बिबरण तयार पारेपनि त्यहाँ उल्लेख बिभिन्न शिर्षकका नोक्सानी व्यवस्थापन लगायतका बिषयमा एकरुपता नआएपछि नेपाल राष्ट्र बैंकले प्रणालीमा नै एकरुपता ल्याउने कसरतले लाभांश घोषणामा ढिलाई हुँदै आएको छ। 

यद्दपी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नोक्सानी व्यवस्थापनसँग सम्बन्धि बिषयहरुको गाँठो फुकाउने काम गरेलगत्तै राष्ट्र बैंकले समेत बैंकहरुलाई बार्षिक प्रतिवेदन स्वीकृति दिने तयारि थालेको छ। 

सरकारी स्वामित्वका र निजि लगानीका केहि बाणिज्य बैंक बाहेक दर्जन बढी बाणिज्य बैंकले राष्ट्र बैंकमा बार्षिक प्रतिवेदन बुझाईसकेका छन। ती मध्ये सानिमा, एभरेष्ट, नेपाल एसबिआई, सिद्दार्थ र नेपाल स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिवेदन स्वकृतिको 'लाइन' मा रहेको राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका एक अधिकारीको भनाई छ। 

उनको भनाईलाई आधार मान्ने हो भने तिहार बिदाअघि नै यी ५ बाणिज्य बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गर्नेछन भने दोस्रो लटमा सिटिजन, एनएमबि, जनता, एनआइसी एसिया लगायतका बैंकहरुले लाभांश घोषणा गर्न सक्नेछन। 

राष्ट्र बैंकले सर्त सहित बार्षिक प्रतिवेदन स्वीकृत गरेपछि बैंक संचालक समितिले पुन: प्रतिवेदन पठाउनेछ। त्यहिबेला बैकहरुले आफुले दिनसक्ने लाभांशबारे मोटामोटी टुंगो लगाउने भएकाले तिहारअघि नै यी बैंकहरुले लाभांश घोषणा गर्न सक्ने विश्लेषण गरिएको छ।

२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)



 


  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved