सानिमा बैंकले पायो २ अर्बकाे ऋणपत्र निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 25, 2018 | 07:47:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले दुर्इ अर्ब रूपैयाँकाे  ऋणपत्र निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले बैंकलाई बुधबार ऋणपत्र निष्काशनको अनुमति दिएको हो।  अब बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ दरमा २० लाख कित्ता ऋणपत्र निष्काशन गर्ने छ  ।  '१०% सानिमा डिवेञ्चर २०८५' नाम दिइएको उक्त ऋणपत्रमा बार्षिक १० प्रतिशत ब्याजदर प्राप्त हुनेछ ।  ऋणपत्र निष्काशनको लागि काठमाडौँ क्यापिटल बिक्री प्रबन्धक रहेको छ छ । 

कुल ऋणपत्रमध्ये २० प्रतिशत अर्थात ४० करोड रुपैयाँ सर्वसाधारणका लागि बिक्री गरिने छ भने बाँकि ८० प्रतिशत अर्थात एक अर्ब ६० करोड रुपैयाँ व्यक्तिगत तवर मार्फत बिक्री हुनेछ । अर्ध वार्षिक रुपमा व्याज भुक्तानी गरिने उक्त ऋणपत्रको अवधि १० वर्ष तोकिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved