आँखुखोला हाइड्रोको आईपिओ बाँडफाँड, ६१ जनाको आबेदन रद्द हुँदा कतिले पाए शेयर ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 28, 2018 | 11:51:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आँखुखोला जलविद्युत कम्पनीको आईपिओ बाँडफांड भएको छ। सिभिल महल स्थित बिक्रि प्रबन्धक सिभिल क्यापिटलको कार्यालयमा आइतबार भएको शेयर बाँडफाँडमा सदर भएका सबै आवेदकले शेयर पाएका छन। 

हाइड्रोको आइपीओका लागि आबेदन दिएका ३५ हजार ९ सय १६ आवेदकले १० कित्ता र ४७ हजार ४ सय आवेदकले २० कित्ता शेयर पाएका छन। ६१ जना अयोग्य आवेदक बाहेक ८३ हजार ३ सय १६ जनाले हाइड्रोको सेयर पाएका छन।    

कम्पनीले असोज २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई १३ करोड ७६ लाख दुई हजार रुपैयाँको १३ लाख ७६ हजार २० कित्ता आइपिओ निष्काशन गरेको थियो । कुल सेयर मध्ये ६८ हजार ८०१ कित्ता शेयर सामूहिक लगानी कोषहरुलाई र २७ हजार ५२० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको थियो भने सर्वसाधारणलाई बाँकी १२ लाख ७९ हजार ६९९ कित्ता छुट्याइएको थियो।  

आईपिओमा ५ कर्मचारीले मात्र आवेदन दिएकोले बाँकि शेयर समेत सर्बसाधारणलाई वितरण गर्न लागिएको क्यापिटलले जनाएको छ। हाल कम्पनीको चुक्ता पुंजी ६० करोड रहेकोमा आईपिओ पश्चात कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैंया पुग्नेछ । 

आईपिओको नतिजा बिजपाटी डटकममा उपलब्ध हुने छ। नतिजा प्रकाशित भएपछि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULTS क्लिक गरेर र कम्पनीमा आँखुखोला जलविद्युत कम्पनी छनौट गरी Full Name लेखिएको स्थानमा आफ्नो नाम लेखि search बटममा क्लिक गरेर नतिजा हेर्न सकिन्छ । http://bizpati.com/ipo/results मा क्लिक गरेर पनि उक्त पेजमा जान सकिन्छ । आईपिओ परेको भए नाम र परेको कित्ता देखाउछ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved