घटेको बजारमा यी ५ कम्पनीले सर्बाधिक कमाए, जनता बैंकको १ लाख बढी कित्ता शेयर कारोबार

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 28, 2018 | 03:34:48 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबार बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १३.६२ अंकले घटेर १२२७.४९ को बिन्दुमा पुगेर रोकिएको छ । आज कारोबारमा आएका १६० कम्पनीका ११ लाख ९७ हजार १ सय ६ कित्ता शेयर खरिद बिक्रिबाट  ३२ करोड ६४ लाख ८३ हजार ६ सय ७३ रुपैयाँको कारोबार भएको छ । 

आज ग्लोबल आईएमई बैंकको सर्बाधिक २ लाख ३८ हजार को कारोबार भएको छ । अन्य बढी कारोबार हुनेमा प्रभु बैंक, एनआईसी एसिया बैंक, जनता बैंक , मेगा बैंक, एनएमबि बैंक लगायत रहेका छन् । 

आज कारोबारमा आएका होटेल बाहेकका सबै समुहगत सूचक घटेका छन् । 

आज नेपाल सेवा लघुवित्तका लगानीकर्ताले सर्बाधिक ५.९५ प्रतिशत कमाएका छन् । अन्य बढी कमाउनेमा रैरांग हाइड्रो (४.९६ %), उन्नारी माइक्रोफाइनान्स (३.६२ %), बरुण हाइड्रो (२.५६ %), बेस्ट फाइनान्स (२.०६ %) लगायत रहेका छन् । 

आज आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सर्बाधिक ५.०९ प्रतिशत गुमाएका छन् । अन्य बढी गुमाउनेमा युनाइटेड फाइनान्स, गुहेश्वरी मर्चेन्ट फाइनान्स, अपि पावर , रिलायन्स फाइनान्स लगायत रहेका छन् । 

आज जनता बैंकको सर्बाधिक १ लाख १ हजार ६ सय १८ कित्ता शेयर कारोबार भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved