१ करोड कमिसनको खेलले डुबे नेपाल बैंकका सेयरलगानीकर्ता, निकासको बाटो के ?

मोहम्मद अज्मत अलि/बिजपाटी

मोहम्मद अज्मत अलि/बिजपाटी

Oct 28, 2018 | 04:26:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकले सर्वसाधारणलाई निष्काशन गरेको एफपीओ समयमै सुचिकृत नहुँदा हजारौं लगानीकर्ताले करोडौं गुमाएका छन। सेयर बाँडफाँड भएको तीन महिना बित्दा समेत सूचिकरण हुन नसक्दा नेपाल बैंकका सेयर लगानीकर्ताले नाफा बुक गर्ने मौका गुमाएका छन। 

दोस्रो बजारमा २८० रुपैयाँमा सेयर किन्ने अवसर हुँदा पनि लगानीकर्ताले भविष्यमा नाफा होला भनेर नेपाल बैंकको एफपीओ २८० रुपैयाँमा किने। तर समयमै सेयर सूचीकरण नहुँदा बैंकको मुल्य ३३४ रुपैयाँ हुँदा समेत लगानीकर्ताले सेयर बेच्न नपाउँदा उनीहरुले नाफा बुक गर्नबाट बन्चित भएका छन। असोज दोस्रो साता कम्पनीको शेयर मूल्य ३३४ रुपैयाँ पुग्दा लगानीकर्ताले शेयर बेचेको भए उनीहरुले प्रति कित्ता ५४ रुपैयाँ नाफा गर्न सक्थे। तर शेयर नै सुचिकृत नहुँदा लगानीकर्ताले कमाउने अवसर त गुमाए नै, अहिलेसम्म सेयर सूचीकरण नहुँदा भएको सम्पति समेत बन्धक भएको छ । 

कमिसनको लोभले सूचीकरण प्रकृया नै लम्बियो

नेपाल बैंकले सर्वसाधारणलाई जारि गरेको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता मध्ये ९३ लाख ७५ हजार ७५० कित्ता बिक्रि भएको थियो। तर त्यो बेला ८३ लाख ९ हजार १०८ कित्ता सेयर बिक्रि हुन सकेन र उक्त सेयर नबिके किन्दिछु भनेका सेयर प्रत्याभूतकर्ता ८ मर्चेन्ट बैंकरले सकार्नुपर्ने अवस्था आयो। 

कमिशनबाट केहि आम्दानी होला भनेर औशतमा १५ करोड चुक्ता पुंजी भएका मर्चेन्ट बैंकरले २ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर सकार्नुपरेपछी अहिलेको समस्याको जन्म भयो। आफैले करोडौं रुपैयाँको सेयर किन्न नसक्ने अवस्था आएपछि उनीहरुले 'नक्कली बजार' खडा गरि आफ्नो भागको सेयर धमाधम अरुलाई बिक्रि गरे। प्रत्याभूतकर्ताहरुले 'सब अन्डरराइटर' भन्ने नयाँ व्यवस्था खडा गरि उनीहरुलाई २८० को सेयर २७६ रुपैयाँसम्ममा बेचे।   

तरअन्डरराइटर कम्पनीले सब अन्डरराइटर खडा गरि नक्कली बजारबाट एफपीओ बिक्रि गर्न नपाउने भएपछि पछिल्लो समस्या सृजना भएको हो। अन्डरराइटर कम्पनीहरुले व्यवस्था बिपरित सब अन्डरराइटरलाई भित्रै भित्रै सेयर बिक्रि गर्ने कार्य कानुन बिपरित भएको भन्दै नेपाल धितोपत्र बोर्डले दोस्रो बजारबाट नै सेयर नामसारी गर्नुपर्ने निर्देशन दिएको छ।

आँखुखोला हाइड्रोको आईपिओमा ४७ हजारलाई २० कित्ता शेयर, बिजपाटीमा यसरी हेर्नुस आफ्नो नतिजा

दोस्रो बजारबाटै नामसारी गर्दा अहिले सब अन्डरराइटर बनेर सेयर किनेकाहरुले कमिसन बापत थप पैसा तिर्नुपर्ने र प्रत्याभूतकर्ता कम्पनीहरुले पनि २७६ रुपैयाँमै नेपाल बैंकको एफपीओ बिक्रि गर्ने सम्झौता गरेकाले सूचीकरणको पाटो रोकिएको हो। त्यसमा पनि दोस्रो बजारमा नेपाल बैंकको सेयर ३३४ रुपैयाँमा कारोबार हुँदा हिजो २७६ रुपैयाँमा सेयर किनबेच गर्नेहरुको मन बदलिएको छ भने दोस्रो बजारबाट कारोबार हुँदा झन्डै १ करोड कमिशन आउने हुँदा त्यसले धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज र ब्रोकरहरुको मन समेत 'लोभी' बनेको छ।

१ करोड कमिसनको खेल

अन्डरराइट गर्नुपर्ने ८३ लाख ७५ हजार कित्ता मध्ये करिब आधा सेयर सब अन्डरराइटर खडा गरि बिक्रि गरिएको छ। अर्थात ८ वटा प्रत्याभूतकर्ता कम्पनीले करिब ४२ लाख ५० हजार कित्ता सब अन्डरराइटरलाई 'नक्कली बजार' बाट बिक्रि गरेका छन। उक्त सेयर दोस्रो बजारबाट कारोबार हुन्थ्यो भने त्यसबाट कमिसन बापत ब्रोकर, नेप्से र सेबोनलाई १ करोड बढी आम्दानि हुन्थ्यो।

ब्रोकर, नेप्से र सेबोनको १ करोड आम्दानी भनेको सब अन्डरराइटरको १ करोड खर्च हो। त्यसैले पनि उनीहरुले प्रत्याभूतकर्ता र नेपाल बैंकलाई बुटवल पावर कम्पनीको उदाहरण दिंदै पहिलेकै अवस्थाको कारोबारलाई मान्यता दिन चौतर्फी दबाब दिएका छन। नियामक र ब्रोकर कमिसनको लोभमा फस्दा र गैरकानुनि बाटोमा लागेका मर्चेन्ट बैंकरबीचको स्वार्थ नमिल्दा सर्वसाधारणको करोडौंको सम्पति पछिल्लो ३ महिना यता बन्धकमा परेको हो। 

निकासको बाटो के ?

नेपाल बैंकको एफपीओ प्रकरणमा सबै सरोकारवाला उत्तिकै दोषी देखिन्छन। मुख्य नियामक नेपाल धितोपत्र बोर्डले ५३ प्रतिशत सेयर मात्रै बिक्रि हुँदा बाँकी ४७ प्रतिशत सेयरको बिक्रि हुने ग्यारेन्टी नहुँदासम्म एफपीओ बाँडफाँड गर्न दिनुहुन्थेन। अर्को तर्फ हिजो बुटवल पावरको एफपीओबाट सिख लिएर केहि कानुनि कदम चाल्नुपर्नेमा त्यस्तो केहि नहुनुमा बोर्डको पनि कमजोरी देखिन्छ। 

आफ्नो कमजोरी होइन भन्ने हो भने धितोपत्र बोर्डले नक्कली बजार खडा गरेका ८ वटा मर्चेन्ट बैंकरलाई कारबाही गर्ने हिम्मत गर्नुपर्छ। उनिहरुले गैरकानुनि बाटोबाट सब अन्डर राइटर खडा गरि बिक्रि गरेको सेयर पुन: सर्वसाधारणलाई बेच्ने हिम्मत गर्नुपर्छ। 

कारबाही पनि नगर्ने हो भने कम्तिमा पनि प्रत्याभूतकर्ताले सेयर बाँडफाँड गरेको मितिसम्म एकाउन्ट पेयी चेक लिएर सेयर दिने बाचा गरेको सब अन्डर राइटरलाई ति सेयर दिने बाटो खुला छाडीदिनुपर्छ। 

होइन भने,

पहिलेको निर्देशन पुनरावलोकन गर्न दबाब दीरहेका नेपाल बैंक र मर्चेन्ट बैंकर तथा धितोपत्र बोर्डबीचको जुँगा लडाईले अझै लामोसमय सम्म नेपाल बैंकको सेयर सूचीकरण नहुने देखिन्छ। सेयर सूचीकरण नहुनु भनेको सर्वसाधारणको सम्पति बन्धक हुनु हो। यसबाट सबै पक्षलाई नोक्सानी हुने देखिन्छ।   

नोट: यसअघि शेयर मूल्य २७६ हुनु पर्नेमा अन्यथा भएकोले सच्चाईएको छ । यसबाट पाठकबर्गमा पर्न गएको असुविधाप्रति क्षमाप्राथी छौ ।   -सम्पादक 

 

बोर्डको स्पष्ट निर्देशनपछि पनि कसले रोक्यो नेपाल बैंकको एफपिओ सूचीकरण ? 

सिस्टम बाहिरबाट नेपाल बैंकको सेयर बिक्रि गर्नेमाथि धितोपत्र बोर्डको 'सफ्ट कारबाही'

'नक्कली बजार' खडा गरि नेपाल बैंकको सेयर कारोबार गर्नेमाथि कारबाही सुरु

सीईओ शाहको दम्भले नेपाल बैंकको कन्तबिजोग, कसको स्वार्थमा बज्यो एफपीओको बेमौसमी बाजा ?

५३ प्रतिशत मात्र बिक्यो नेपाल बैंकको एफपिओ, अब ३ दिनमा पनि पुरै नबिके के हुन्छ ?

नेपाल बैंकको २७ प्रतिशत डिभीडेन्ड तरबारको धारमा, कसरि भयो सीईओ शाहको यस्तो कन्तबिजोग ?

करोड पुँजी भएका मर्चेन्ट बैंकले एनएमबि र नेपाल बैंकको नबिकेको अर्बको शेयर कसरी उठाउलान ?

प्रत्याभूतकर्ताकै भरमा नेपाल बैंकको एफपीओ, बिपिसीको घाटा सम्झेर लगानीकर्ताले देखाएनन रुचि

नेपाल बैंकले पायो एफपिओ निष्काशनको अनुमति, प्रिमियम मूल्य कति ?



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved