मध्य भोटेकोशीले कार्तिक २८ देखि डेढ अर्बको आईपिओ निष्काशन गर्ने, क-कसले दिन पाउंछ आवेदन ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Oct 31, 2018 | 06:42:28 PM मा प्रकाशित

laxmi  sunrise bank

मध्य भोटेकोशी जलविद्युत कम्पनीले कात्तिक २८ गतेदेखि पहिलो चरणको आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले कात्तिक २८ देखि मंसिर १४ गतेसम्म  १ अर्ब ४४ करोड बराबरको १ करोड ४४ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

यो आईपिओमा कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र ऋणदाता संस्था (कर्मचारी सञ्चय कोष) का कर्मचारीले मात्र आवेदन दिन पाउने छन् । २०६८ मङ्सिर २२ मा कायम रहेका र त्यस पश्चात २०७५ असोज २९ गतेसम्ममा संचय कोषमा कायम रहेका संचयकर्ताले यसमा आवेदन दिन पाउने छन्   । संचयकर्ताको लागि कुल पुंजीको १९.५ प्रतिशत अर्थात् १ करोड १७ लाख कित्ता शेयर छुट्याइएको छ ।

त्यस्तै संस्थापक शेयरधनी संस्थाका कर्मचारीले पनि यस आईपिओमा आवेदन दिन सक्ने छन् । यस समुहमा चिलिमे जलविद्युत कम्पनी, नेपाल बिद्युत प्राधिकरण, सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी, सिन्धु इन्भेस्टमेन्ट कम्पनी, नेपाल अरनिको हाइड्रोपावर कम्पनी, तथा सिन्दू भोटेकोशी हाइड्रोपावर लिमिटेडका कर्मचारी रहेका छन् । यस समुहको लागि कुल पुंजीको ३.५ प्रतिशत अर्थात् २१ लाख कित्ता शेयर छुट्याइएको छ 

त्यस्तै कर्मचारी संचय कोषका कर्मचारीहरुले पनि यस आईपिओमा आवेदन दिन पाउने छन् । यस समुहलाई १ प्रतिशत अर्थात् ६ लाख शेयर छुट्याइएको छ 

सबै आवेदकहरुले सी -आस्वा प्रणालीबाट मात्र आवेदन गर्न पाउनेछन् । सेयर भर्दा आफ्नो कर्मचारी परिचयपत्र तथा सञ्चयकर्ताले सञ्चयकर्ता परिचयपत्र पेश गर्नुपर्नेछ । आवेदकको सीआरएन र डिम्याट खाता अनिवार्य हुनुपर्नेछ । 

कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन र बिक्रि प्रबन्धकमा सिभिल क्यापिटल, एनआइबीएल एस क्यापिटल, सीबीआइएल क्यापिटल, सानिमा क्यापिटल, प्रभु क्यापिटल र लक्ष्मी क्यापिटल रहेका छन्।

पहिलो चरणको आईपिओ निष्काशन पश्चात कम्पनीले दोस्रो चरणमा आयोजना प्रभावित सिन्धुपाल्चोक बासीका लागि ६० करोड बराबरको ६० लाख कित्ता आर्इपिओ निष्काशन गर्ने छ । त्यसपछि तेस्रो चरणमा सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गर्ने छ ।

१०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत आयोजना सिन्धुपाल्चोक जिल्लामा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved