अर्थमन्त्रीले पहिलो 'अर्डर प्लेस' गरेपछि अनलाइन ट्रेडिङको शुभारम्भ हुने

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 01, 2018 | 11:08:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्चेन्ज नेप्सेले बहुप्रतिक्षित अनलाइन ट्रेडिङको कार्तिक २० गते मंगलबार देखि औपचारिक शुभारम्भ गर्ने भएको छ  ।  अनलाइन ट्रेडिङ शुभारम्भ कार्यक्रम याक एण्ड यति होटेलमा राखिएको नेप्सेले जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले ठिक ११ बजे अनलाइन ट्रेडिङमा पहिलो अर्डर राखेर औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको नेप्से सीइओ चन्द्रसिंह साउदले बताए  । 

मन्त्री खतिवडाले कुनै एक लगानीकर्ताको तर्फबाट ११ बजे अर्डर राख्ने छन्  । त्यसपछि ११ बजे अगाडी आएका अर्डरहरु सिस्टममा देखिने र लगतै सबै लगानीकर्ताहरुले अनलाइन ट्रेडिङ मार्फत कारोबार गर्न सक्ने सीइओ साउदले जानकारी दिए । 

तर लगानीकर्ताले अनलाइन ट्रेडिङ मार्फत कारोबार गर्न आफुले कारोबार गर्ने ब्रोकरबाट युजरनेम र पासवर्ड लिनु पर्ने छ । अनलाइन ट्रेडिङमा लगानीकर्तालाइ अभ्यस्त बनाउने उदेश्यले नेप्सेले असोज २ गतेदेखि कार्तिक ११ गतेसम्म मक ट्रेडिङ गरेको थियो। तर अझै पनि लगानीकर्ता पूर्ण रुपमा अभ्यस्त भई नसकेकोले पहिला ब्रोकर मार्फत कारोबार गराउने र बिस्तारै लगानीकर्ताले कारोबार गर्दा सहज हुने सीईओ साउदले बताए । अभ्यस्त भईसकेकाले भने सोहि दिन बाट नै कारोबार थालन सक्ने छन्  । 

यस अघि आज १५ गतेदेखि नै ब्रोकरले अनलाइन ट्रेडिङ सुरु गर्ने भनिएको थियो  । तर अन्तिम चरणका केहि काम बाँकि रहेकोले सुरुवात ५ दिन पछाडी सरेको नेप्सेले जनाएको छ  । अनलाइन ट्रेडिङ सुरु भएपछि बजारको बिस्तार तथा विकास भई दायरा फराकिलो हुने बिश्वास गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved