अनलाइन कारोबारको पुर्वसन्ध्यामा धितोपत्र बोर्डले जारि गर्यो यस्तो बिज्ञप्ती

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 02, 2018 | 09:54:49 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले सेयरबजारका लगानीकर्ताहरुलाई भ्रममा नपरी सुझबुझ ढंगले लगानीको निर्णय लिन आग्रह गरेको छ। बोर्डले सेयरबजारको बिकास तथा बिस्तारका लागि आफुले गरेका कामहरु एक बिज्ञप्तीमार्फत जानकारी गराउदै कम्पनीको अवस्थाबारे बुझेर मात्र लगानी सम्बन्धि निर्णय लिन लगानीकर्तालाई सुझाब दिएको हो।   

सेयरबजारमा अनलाइन कारोबार प्रणाली लागू हुँदै गरेको पुर्वसन्ध्यामा बोर्डले बिज्ञप्तीमार्फत लगानीकर्तालाई सचेत भएर लगानी गर्न भन्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ। 

अनलाइन कारोबारबारको नाममा बजारमा अनावश्यक हल्लाबाजी हुने र लगानीकर्ताले गलत निर्णय लिनसक्ने बिषयलाई मध्यनजर गर्दै प्रेस बिज्ञप्ती जारि गरिएको विश्लेषण गरिएको छ। यद्दपी केहि लगानीकर्ताले धितोपत्र बोर्डको यस कार्यलाई बजारमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved