एभरेस्ट बैंकको लाभांश घोषणा , अरु बैंकको कहिले ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 02, 2018 | 11:26:45 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेस्ट बैंकले गत आर्थिक बर्षको कमाईबाट लाभांश घोषणा गर्ने दोस्रो बाणिज्य बैंक बनेको छ । बैंकले लगानीकर्तालाई २० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । बिहिबार बसेको  संचालक समितिले २० प्रतिशत नगद लाभांश दिने प्रस्ताब गरेको हो। कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । 

हाल बैंकको चुक्ता पुंजी ८ अर्ब २ करोड ६८ लाख रहेको छ । 

यस अघि सानिमा बैंकले १४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो । 

 ५ बाणिज्य बैंकको तिहारअघि नै लाभांश घोषणा

केहि बाणिज्य बैंकहरुले बिगतका वर्षहरुमा दशैँ तिहार अगाडी नै साधारणसभा सक्दै आएकोमा अहिले पहिलोपटक लागू भएको 'एनएफआरएस' ले लाभांश घोषणामा ढिलाई भएको हो।एकै ढाँचा अनुसार नै बैंकहरुले वित्तीय बिबरण तयार पारेपनि त्यहाँ उल्लेख बिभिन्न शिर्षकका नोक्सानी व्यवस्थापन लगायतका बिषयमा एकरुपता नआएपछि राष्ट्र बैंकले प्रणालीमा नै एकरुपता ल्याउने कसरतले बैंकहरुको लाभांश घोषणामा ढिलाई भएको हो।  

बिजपाटी डटकमले गत साता नै सानिमा लगायत ५ बाणिज्य बैंकले तिहारअघि नै लाभांश घोषणा गर्ने समाचार सार्वजनिक गरेको थियो। सानिमा बैंक सहित एभरेष्ट, नेपाल एसबिआई, सिद्दार्थ र नेपाल स्ट्याण्डर्ड चार्टड बैंकको प्रतिवेदन स्वकृतिको 'लाइन' मा छ।  यी बैंकहरुले पनि तिहार बिदाअघि नै गत आर्थिक बर्षको लाभांश घोषणा गर्नेछन भने दोस्रो लटमा सिटिजन, एनएमबि, जनता, एनआइसी एसिया लगायतका बैंकहरुले लाभांश घोषणा गर्न सक्नेछन। 

२८ बाणिज्य बैंक मध्ये नबिलले धेरै लाभांश दिने, कसले कति लाभांश दिंदैछ ? (बिशेष रिपोर्ट)


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved