प्रभु बैंकले यसरी गर्यो चमत्कारिक सुधार, बैंकको सेयरमा लगानी कति प्रतिफलमुलक ?

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 04, 2018 | 09:21:32 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंकले चालू आर्थिक बर्षको प्रथम त्रैमासिकमा उल्लेख्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ। चालू आर्थिक बर्षको वित्तीय विवरण प्रकाशन गर्ने दोस्रो बाणिज्य बैंक बनेको प्रभु बैंकले करिब ७१ प्रतिशतले खुद मुनाफा बढाएको छ। 

नेपाल फाइनान्सियल रिपोर्टिङ स्टान्डर्ड (एनएफआरएस) अनुरुप वित्तीय विवरण सार्वजनिक गर्दा उसको वितरणयोग्य मुनाफा गत आर्थिक बर्षको तुलनामा २५ करोडबाट बढेर ६४ करोड ३१ लाख पुर्याएको छ। 

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार उसले पहिलो त्रैमासमा ६४ करोड ३१ लाख बितरण योग्य नाफा आर्जन गरेको छ, जुन बिजपाटी डटकमले प्रक्षेपण गरेभन्दा बैंकको खुद मुनाफा ७ करोडले बढी हो। बैंकले उठाउन बाँकी रहेको १ अर्ब ७० करोड खराब कर्जाबाट ५ करोडमात्रै उठाएकाले आगामी दिनमा त्यो कर्जा उठाउँदा उसको खुद मुनाफामा व्यापक प्रगति देख्न पाइने अपेक्षा गर्न सकिन्छ। 

राष्ट्र बैंकको प्राबधानअनुसार समायोजन कायम हुने वितरण योग्य नाफा तोकिएका सम्बन्धित शिर्षकहरुमा व्यवस्था गरेपश्चातको रकम सेयरधनीहरुलाई लाभांश वितरणमा उपयोग हुन्छ।  

यस अवधिमा बैंकले १ खर्ब ३ अर्ब निक्षेप संकलन गरि ८६ अर्ब कर्जा तथा लगानी प्रवाह गरेको छ। बैंकले गत आर्थिक बर्षसंगको तुलनामा २०  अर्बले लगानी बढाउँदा बैंकलाई १ अर्ब १३ करोड खुद ब्याज आम्दानि भएको छ। गत बर्ष यसै अवधिमा बैंकको खुद ब्याज आम्दानि ७६ करोड ६४ लाख थियो। 

यस अवधिमा बैंकको चुक्ता पुंजी ८ अर्ब २३ करोड छ भने बैंकको जगेडा कोषमा ३ अर्ब ९६ करोडबाट बढेर ४ अर्ब ८५ करोड पुगेको छ। समिक्षा अवधिमा बैंकको चुक्ता पुंजी ४० प्रतिशत, जगेडा कोष २२ प्रतिशत, निक्षेप २४ प्रतिशत, कर्जा २८ प्रतिशत ले बढेको छ। 

यस अवधिमा प्रभु बैंक खराब कर्जा घटाउन सफल देखिएको छ। उसको खराब कर्जा अनुपात ४।२३ प्रतिशतबाट झरेर २।५१ प्रतिशतमा ओर्लिएको छ। ग्राण्ड, किष्ट र नेपाल विकास बैंक जस्ता समस्याग्रस्त बैंकहरुलाई मर्जर तथा प्राप्ति गरेर झन्डै आफै समस्यामा परेको प्रभु बैकको खराब कर्जामा सुधार आउनु उसका सेयरधनी तथा लगानीकर्ताका लागि राम्रो संदेश हो। 

दोस्रो बजारमा प्रति कित्ता २५० रुपैयाँ हाराहारीमा कारोबार हुँदै आएको बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ रहेको छ। यसआधारमा उसको मुल्य आम्दानी अनुपात ८ गुणा हुन आउँछ। 

यस अवधिमा बैंकको कोष लागत ६।१८ प्रतिशत छ भने आधार ब्याजदर ९।४९ प्रतिशत छ। केहि बाणिज्य बैंकको आधार ब्याजदर ११ प्रतिशत नाघेको अवस्थामा प्रभुलाई सस्तो ब्याजमा ऋण दिन केहि सहज हुनेदेखिन्छ। यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात (सिसिड़ी अनुपात) ७५.७८ प्रतिशत छ। यस  तथ्यांकले बैंकसंग थप कर्जा तथा लगानीको क्षमता छ भन्ने देखिन्छ।  पहिलो त्रैमासमा उल्लेख्य प्रगति गरेको वित्तीय बिबरण प्रकाशित गरेको र गत बर्षको मुनाफाबाट डबल डिजिटको लाभांश दिने प्रतिबद्धता जनाएकाले बैंकको सेयरमा लगानी प्रतिफलमुलक नै देखिन्छ। 

यसअघि 

पहिलो त्रैमासमा २८ बाणिज्य बैंकहरु मध्य कसको कमाई कति होला ? (प्रक्षेपण रिपोर्ट)

माछापुच्छ्रे बन्यो वित्तीय विवरण प्रकाशन गर्ने पहिलो बैंक, सेयरमा लगानी कति प्रतिफलमुलक ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved