आईपिओ निकालेको ४ महिना मै शतप्रतिशत हकप्रद निष्काशनको अनुमति

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Nov 04, 2018 | 10:46:12 AM मा प्रकाशित

laxmi  sunrise bank

 नाडेप लघुवित्तले शतप्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति पाएको छ । गत असारमा आईपिओ निष्काशन गरेको नाडेपले १६ करोड बराबरको १६ लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले आईपिओ समेत सुचिकृत नहुदै शत प्रतिशत हकप्रद निष्काशन प्रस्ताव गरेको थियो ।लघुवित्तको गत भदौ १ गते सम्पन्न तेश्रो बार्षिक साधारण सभाले शतप्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो । हकप्रद शेयर निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग बिक्रि प्रबन्धक रहेको छ ।  

आईपिओ निष्काशनपछि कम्पनीको चुक्ता पुंजी १६ करोड रहेको छ  । शतप्रतिशत हकप्रद निष्काशन पछि लघुवित्तको चुक्ता पूँजी ३२ करोड रुपैयाँ पुग्नेछ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved